मंगलबार, वैशाख १८ गते २०८१    
images
images

टेलिकमले दिने सेवाको शूल्क घट्ने

images
images
images
टेलिकमले दिने सेवाको शूल्क घट्ने
images
images

काठमाडौं- नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गतेदेखि घट्ने भएको छ। टेलिकमले महशुल घटने भएपछि नयाँ दर लागु लाग्ने जनाएको छ।

images
images
images

नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागु हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको टेलिकमले जनाएको छ।

images

कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्न जनाएको छ। 

images

यसैगरी साउन १ देखि समर अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको टेलिकमले जनाएको छ। पहिले उपलब्ध सबै अफरहरुलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको टेलिकमले जनाएको छ।  त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफर समेत थप गरिएका टेलिकले जनाएको छ। 

images
images

यस अनुसार केही अफरहरुमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम थप भएका छ। यस बाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरुमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको टेलिकमको दाबी छ।

उदाहरणको लागि सीयूजी १ हजार मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको टेलिकमले जनाएको छ।  त्यस्तै सीयूजी १ हजार ५ सयमा  २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ। यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरुमा पनि थप रिसोर्स प्रदान गरिएको टेलिकमको भनाइ छ।

 

images

प्रकाशित : शनिबार, असार ३२ २०७९१२:३२

प्रतिक्रिया दिनुहोस