शुक्रबार, असोज ४ गते २०८१    
images
images

चालु आव सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व संकलन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३१ २०७९
images
images
चालु आव सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व संकलन
images
images

काठमाडौं- सरकारले चालु आर्थिक वर्षमा कूल ११ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो। नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो भने हालसम्म १० खर्ब ३५ अर्ब बराबरको राजश्व संकलन गरेको छ।

images
images
images

कार्यालयका अनुसार सरकारले ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबर राजश्व संकलन गरेको छ। यो कूल लक्ष्यको ८७.७ प्रतिशत बराबर हो। 

कार्यालयका अनुसार १० खर्ब ६७ अर्ब ९६ करोड २५ करोड बराबरको कर राजश्व संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म नौ खर्ब ५७ अर्ब ४१ करोड ४४ लाख बराबरको संकलन गरिएको छ। यो कूल लक्ष्यको ८९.६५ प्रतिशत बराबर हो। 

त्यस्तै गैरकर राजश्वतर्फ एक खर्ब १२ करोड ६३ करोड ७९ लाख बराबर संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म ७७ अर्ब १९ करोड सात लाख बराबर संकलन भएको छ। यो कूल लक्ष्यको ६९.२३ प्रतिशत बराबर हो। 

images

वैदेशिक अनुदानतर्फ ५९ अर्ब ९१ करोड ९९ लाख प्राप्त हुने लक्ष्य राखेकामा हालसम्म १३ अर्ब ८८ करोड ३३ लाख अर्थात् २३.१७ प्रतिशत बराबर प्राप्त भएको छ। चालु आव सकिन दुई दिन बाँकी छ। यसबीचमा कर तथा गैरकर राजश्व थप केही बढ्न सक्छ। सरकारले सबै स्रोतबाट प्राप्त गरेको रकमको मात्रा कूल लक्ष्यको ८८.४१ प्रतिशत बराबर रहेको कार्यालयको विवरणले जनाएको छ। 

कार्यालयका अनुसार सरकारले कूल लक्ष्यको ७८.२२ प्रतिशत बराबरको खर्च गरेको छ। चालु आवमा १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबर खर्च गर्ने लक्ष्य राखेको थियो। त्यसमध्ये हालसम्म १२ खर्ब ७७ अर्ब २० करोड बराबर खर्च गरेको छ। त्यसमा चालु खर्चको मात्रा बढी छ। चालु आवमा १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको बजेट चालु खर्चमा राखेको थियो। त्यसमध्ये नौ खर्ब ६१ अर्ब ४८ करोड २६ लाख बराबर खर्च भएको छ। यो कूल लक्ष्यको ९०.२६ प्रतिशत हो। 

यसैगरी विकास निर्माणका लागि विनियोजन गरिएको पूँजीगत खर्च पनि दुई खर्ब माथि पुगेको छ। सरकारले पूँजीगततर्फ तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको बजेट विनियोजन गरेको थियो। त्यसमध्ये हालसम्म दुई खर्ब छ अर्ब ३६ करोड ९७ लाख बराबर खर्च भएको छ। यो कूल विनियोजनको ५४.५८ प्रतिशत बराबर हो।  

यस्तै वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको मध्ये हालसम्म ५७.७२ प्रतिशत बराबरको बजेट खर्च भएको छ। सरकारले एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको थियो। त्यसमध्ये हालसम्म एक खर्ब नौ अर्ब ३४ करोड ७७ लाख बराबरको रकम उपलब्ध गराइसकेको छ। सरकारले लिएका विभिन्न ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि वित्तीय व्यवस्थामार्फत बजेट नै विनियोजन गर्ने गरेको छ। कूल लक्ष्यमध्ये हालसम्म ५७.७२ प्रतिशत बराबरको ऋणको भुक्तानी गरेको छ। 

सरकारले गत जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरेको थियो। 

कूल सरकारी खर्चमध्ये चालु खर्च नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पूँजीगत खर्च तीन खर्ब नौ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान प्रस्तुत गरिएको थियो। 

कोभिड–१९ महामारीको विषम परिस्थितिबीच हालसम्मको राजश्व संकलन अवस्था सन्तोषजनक रहेको भन्दै सरकारले चालु आर्थिक वर्षमा राजश्व परिचालन लक्ष्यको हाराहारीमा नै रही ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो। चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड र ऋण एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान थियो। रासस


प्रकाशित : शुक्रबार, असार ३१ २०७९१०:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend