आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरमा जाने सम्झौता, स्वाप रेसियो कति?

बिहीबार , असार ३० २०७९
प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरमा जाने सम्झौता, स्वाप रेसियो कति?

काठमाडौं- प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरमा जाने भएका छन्। दुवै कम्पनीले आज मर्जरमा जाने सम्झौता गरेका हुन्।  

मर्जर तथा प्राप्ति पश्चात बन्ने संस्थाको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ। त्यस्तै मर्जरपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स अध्यक्षमा प्रभु लाइफबाट हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट हुनेछन्। 

मर्जरपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स अध्यक्षमा प्रभु लाइफका सुवास अमात्य रहनेछन् भने सीईओमा महालक्ष्मी लाइफका रमेश कुमार भट्टराई रहनेछन्। त्यस्तै संचालक समितिमा प्रभु लाइफबाट चार जना र महालक्ष्मी लाइफबाट तीन जना रहनेछन्। यी दुई संस्थाहरु १ बराबर १ स्वाप रेसियोमा मर्जरमा जान सहमत भएका हुन्।

महालक्ष्मीको चुक्ता पुँजी करिब २ अर्ब १० करोड रुपैयाँ रहेको छ। यस्तै, प्रभु लाइफको पनि पुँजी अहिले करिब २ अर्ब मात्र छ। मर्जरमा गइसकेपछि पनि दुई कम्पनीको गरी कुल पुँजी बढीमा ४ अर्ब १० करोड मात्र पुग्छ। 


प्रकाशित : बिहीबार , असार ३० २०७९१३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend