शुक्रबार, असोज ४ गते २०८१    
images
images

हकप्रद दिने भएपछि माथिल्लाे तामाकाेशीकाे सेयर मूल्यमा उछाल, तीन दिनमै प्रतिकित्ता ५८ रुपैयाँले बढ्यो

images
शुक्रबार, असार ३१ २०७९
images
images
हकप्रद दिने भएपछि माथिल्लाे तामाकाेशीकाे सेयर मूल्यमा उछाल, तीन दिनमै प्रतिकित्ता ५८ रुपैयाँले बढ्यो
images
images

काठमाडौं- माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले लगानीकर्तालाई हकप्रद सेयर दिएर चुक्तापुँजी बढाउने तयारी गरेपछि सेयर बजारमा उछाल आएको छ। कम्पनीको सेयर मूल्य तीन दिनयता लगातार बढिरहेको छ।

images
images
images

बिहीबार पनि सेयर मूल्य प्रतिकित्ता ३६ रुपैयाँले बढेर ५४० रुपैयाँमा अन्तिम कारोबार भएको छ।  साताको पहिलो कारोबार दिन सोमबार पनि प्रतिकित्ता २१ रुपैयाँ घटेर ४८२ रुपैयाँमा आइपुगेको थियो। मंगलबार, बुधबार र बिहिबार लगातार बढ्दा प्रतिकित्ता ५८ रुपैयाँ बढेको छ।  

tamakshi.PNG

पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य बढेर ९६२ रुपैयाँसम्म पुगेको थियो। त्यस्तै घटेर ३७६ रुपैयाँसम्म दोस्रो बजारमा कारोबार भएको थियो। आयोजनाले निर्माण भएको देशकै सबैभन्दा ठूलो ४५६ मेगावाट आयोजनाले ३० अर्ब चुक्तापुँजी बनाउने गरी प्रक्रिया अगाडि बढाएको छ। 

आयोजनाले १:१ कित्ता हकप्रद दिने प्रस्ताव गरेको हो। जसको लागि आयोजना सञ्चालक समितिले निर्णय गरेर विद्युत नियमन आयोगबाट समेत स्वीकृत हुनुपर्छ। यसका लागि कम्पनीले साधरणसभाबाट स्वीकृत लिइसकेको छ। नेपाल धितोपत्र बोर्डमा पनि आवेदन दिनेगरी प्रक्रिया अगाडि बढाएको छ। 

images

हालको चुक्तापुँजी १० अर्ब ५० करोड रुपैयाँलाई बढाएर ३० अर्ब रुपैयाँ बनाउन उक्त अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। माथिल्लो तामाकोशी पहिलोपटक नाफामा गएको थियो। ४५६ मेगावाट क्षमताको आयोजनाले उत्पादन सुरु भएर बिजुली बिक्री गर्न थालेपछि नाफामा जान थालेको छ।

बैंकको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजना ८८ अर्ब रुपैयाँ पुगिसकेको थियो। माथिल्लो तामाकोशी प्रतिमेगावाट १९ करोड ३० लाख रुपैयाँमा सम्पन्न भएको हो। कम्पनीका अनुसार कुल लागतमध्ये ५२ अर्ब रुपैयाँ खुद लागत तथा बाँकी बैंकको ब्याज, विदेशी मुद्रामा आएको वृद्धिलगायत खर्च निस्केको छ ।

आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन्। यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ। कम्पनीको बजार पुँजीकरण ५७ अर्ब पुगेको छ। 


प्रकाशित : शुक्रबार, असार ३१ २०७९०१:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend