आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

हिमालयन बैंकमा गाभियो सिभिल, बिहीबारदेखि सिभिलको कारोबार रोक्का हुने

बुधबार, असार २९ २०७९
हिमालयन बैंकमा गाभियो सिभिल, बिहीबारदेखि सिभिलको कारोबार रोक्का हुने

काठमाडौं- हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौतापत्रमा बुधबार सम्झौता भएको छ। गत शुक्रबार हुने भनिएको प्राप्ति सम्झौता रोकिएपछि भाँडिने आंशका गरिएको थियो। 

हिमालयन बैंकमा सिभिल बैंक गाभिने गरी सम्झौता भएको हो। हिमालयन र सिभिल बैंकबीच १००ः८१ अनुपातमा मर्जर सहमति भएको हो। गाभिएसँगै अब हिमायलनकै सञ्चालक समिति रहने छ। यता नाम पनि हिमालयन बैंक नै रहनेछ। 

याक एण्ड यतिमा होटलमा दुईपक्षबीच सम्झौता गरिएको हो। सम्झौतासँगै सिभिल बैंकको सेयर कारोबार भने रोक्का हुनेछ। हिमालयनले सिभिल प्राप्ति गरेपछि चुक्ता पुँजी २२ अर्ब हुनेछ। 

सीईओ हिमालयनका अशोक राणा नै रहने छन् भने डेपुटी सीईओ भने सिभिलका सीईओले पाउने छन्।

 


प्रकाशित : बुधबार, असार २९ २०७९१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend