आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

लगातार घटिरहेको नेपाल टेलिकमको सेयर मूल्य एकाएक उचालियो, प्रतिकित्ता ९१० रुपैयाँ गुमाएका लगानीकर्ता अब उकासिएलान्?

बुधबार, असार २९ २०७९
लगातार घटिरहेको नेपाल टेलिकमको सेयर मूल्य एकाएक उचालियो, प्रतिकित्ता ९१० रुपैयाँ गुमाएका लगानीकर्ता अब उकासिएलान्?

काठमाडौं- नेपाल टेलिकमको सेयर मूल्य महिनौँदेखि लगातार घटेपनि बुधबार भने एकाएक उछाल आएको छ। बुधबार कम्पनीको सेयर मूल्य ५.७८ प्रतिशतले बढेको छ। केही महिनादेखि कम्पनीको सेयर मूल्य लगातार घटिरहेको थियो। नेपाल टेलिकमको सेयर मूल्य पछिल्लो दुईवर्षयताकै सस्तो भएको थियो। 

बुधबार सेयरमूल्य प्रतिकित्ता ४८‍.६० रुपैयाँ बढेर ८८९ रुपैयाँ कायम भएको छ। पछिल्लो ५२ हप्तामा टेलिकमको सेयर मूल्य उच्चतम १७९९ रुपैयाँसम्म कारोबार भएको थियो। उच्च मूल्यबाट कम्पनीको सेयर मूल्य लगातार घट्दा लगानीकर्ताले प्रतिकित्ता ९१० रुपैयाँ गुमाएका छन्। कम्पनीले बोनस सेयर दिने भन्दै उचालिएर महँगोमा सेयर किन्ने लगानीकर्ताहरुले प्रतिकित्ता ९१० रुपैयाँ गुमाइसकेका छन्।

ntc.PNG

लाभांशपछि टेलिकमको सेयर मूल्य घटिरहेको थियो। सेयर मूल्य लगातार घटेपछि बजार पुँजीकरण १ खर्बले घटिसकेको छ। इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिएपछि कम्पनीको सेयर मूल्य घटेको थियो। 

ठूला लगानीकर्ताले सूचना चुहाएर सेयर मूल्य बढाउने र लाभांश घोषणापछि बिक्री गरेर बाहिरिदिँदा सेयर मूल्य लगातार घटिरहेको आरोपसमेत लागेको थियो। कम्पनीको सूचना चुहाएर एक वर्षयताकै महँगो मूल्य १७९९ रूपैयाँसम्म सेयर मूल्य पुगेको आरोपसमेत लगाएका थिए। 

तेस्रो त्रैमासिक अवधि २०७८ चैत्र मसान्तमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार नाफा कमाएको टेलिकमले कमाएको छ। कम्पनीको चुक्ता पुँजी १७ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। 

कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो। बजार पुँजीकरण १ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। केही समय अगाडि कम्पनीको बजार पुँजीकरण २ खर्ब ५७ रुपैयाँ रहेको थियो।  


प्रकाशित : बुधबार, असार २९ २०७९०९:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend