आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

राप्ती हाइड्रोको आईपीओ खुला, कतिसम्म आवेदन दिन पाइन्छ?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २९ २०७९
राप्ती हाइड्रोको आईपीओ खुला, कतिसम्म आवेदन दिन पाइन्छ?

काठमाडौं- राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको छ। कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको सेयर बिक्री नभएर बाँकी रहेका ३७ हजार ६२३ कित्तासहित कूल २३ लाख ६६ हजार २४० कित्ता सेयर निष्कासन गरेको जनाएको छ।

कम्पनीले जारी गरेको आह्वानपत्रानुसार कूल निष्कासित सेयरमध्ये तीन प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात एक लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। यसमा बाँकी रहेका २१ लाख ७६ हजार ९४० कित्ता सेयरका लागि सर्वसाधारण लगानिकर्ताले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले आगामी साउन १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्ने र उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म समय थप हुने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था सार्थै मेरो सेयर’को वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने छ। कम्पनीलाई इक्रा नेपालर्ले इक्राएनपी आईआर बी’ रेटिङ्ग प्रदान गरेको छ। कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सह निश्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन्। रासस


प्रकाशित : बुधबार, असार २९ २०७९०५:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend