आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

अन्तत: हिमालयन र सिभिल बैंकबीच आज मर्जरको सम्झौता हुँदै, कुनका लगानीकर्तालाई के फाइदा ?

बुधबार, असार २९ २०७९
अन्तत: हिमालयन र सिभिल बैंकबीच आज मर्जरको सम्झौता हुँदै, कुनका लगानीकर्तालाई के फाइदा ?

काठमाडौं- लामो रस्काकस्सीकाबीच हिमालयन बैंक र सिभिल बैंकबीच आज मर्जरमा ब्रेकथ्रु हुने भएको छ। गत शुक्रबार हुने भनिएको मर्जर सम्झौता रोकिएपछि भाँडिने आंशका गरिएको थियो।  सिभिल र हिमालयन बैंकबीच आज दिउसो सम्झौता हुने भएको छ। 

हिमालयनलाई जसरी पनि असारभित्रै एउटा बैंकसँग मर्जरका लागि जोडी चाहिएको थियो। सोही कारण पनि सिभिलको आधिकांश माग सम्बोधन भएपनि आज मर्ज हुन लागेको हो। इन्भेष्टमेन्ट र हिमालयनबीचको मर्जर भाडिएको थियो।  हिमालयन र सिभिल बैंकबीच १००ः८१ अनुपातमा मर्जर सहमति भएको छ। बैंकले असोजभित्रै एकीकृत कारोबार गर्नेसमेत तयारी समेत गरेका छन्। मर्जपछि हिमायलनकै सञ्चालक समिति  रहने छ। भने डेपुटी सिइओ भने सिभिलका सिइओले पाउने छन्। 

नाफा र सूचकमा आक्रामक विस्तार गरेको सिभिल बैंकले पनि मर्जरमा हिमालयन बैंकलाई नै प्राथमिकतामा राखेको थियो। इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएको हिमालयन बैंकले जसरी पनि एक बैंकसँग मर्जरमा जानु पर्ने थियो। 

मर्जरमा खासगरी सिभिल बैंकका सेयरधनीलाई फाइदा हुने देखिएको छ। सिभिल बैंकको सेयर मूल्य कम भएकोले पनि हिमालयनसँग मर्ज भएपछि लगानीकर्तालाई फाइदा हुनेछ। सिभिलको सेयर मूल्य मंगलबार १९६ रुपैयाँमा कारोबार भएको थियो।

यता हिमालयनको भने २९९ रुपैयाँमा कारोबार भएको थियो। विगतमा हिमालयनले ४५ प्रतिशतको स्वाप रेसियो दिने प्रस्ताव गरेको थियो। अहिले ८१ प्रतिशतको रेसियो पाउनु एकदमै राम्रो भएकोले सिभिलका लगानीकर्ता उत्साहित छन्। 

२२ अर्ब चुक्ता पुँजीको बैंक 

हिमालयन र सिभिल मर्जर भएमा दुई बैंकको चुक्ता पुँजी २२ अर्ब हुनेछ। सिभिल बैंकले तेस्रो त्रैमासमा ८० प्रतिशतले नाफा बढाएको थियो। बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार ९० करोड नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो।

सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ।  वित्तीय विवरणअनुसार सिभिल बैंकको ईपीएस १३ रुपैयाँ २८ पैसा छ। 

हिमालयन बैंकको चैतमसान्तसम्म १ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको थियो। प्रतिसेयर आम्दानी १४‍।.३१ रुपैयाँ रहेको छ। बैंकको एकवर्षपछि सोमबार पहिलो कारोबार भएको थियो। दोस्रो बजारमा कारोबार सुरुभएसँगै सेयर मूल्यमा भारी गिरावट आएको छ। बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : बुधबार, असार २९ २०७९०२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend