आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

आयकर बुझाउन विभागको ताकेता

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २८ २०७९
आयकर बुझाउन विभागको ताकेता

काठमाडौं- आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ।

विभागले मंगलबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो।

विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आय वर्ष २०७८/७९ को आयकरको किस्ता रकम असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित राजस्व/करदाता सेवा कार्यालयमा दाखिला गर्न आग्रह गरेको हो। 


प्रकाशित : मंगलबार, असार २८ २०७९१२:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend