आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर खरिदमा लगानीकर्ता झुम्मिए, पुनः उच्च मूल्यमा पुग्ला?

मंगलबार, असार २८ २०७९
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर खरिदमा लगानीकर्ता झुम्मिए, पुनः उच्च मूल्यमा पुग्ला?

काठमाडौं- लगातार घटिरहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य पछिल्लो समय बढ्न थालेकाे छ। गत महिना लगातार बढेपनि केही सातादेखि पुनः लगातार मूल्य बढ्न थालेकाे छ। 

मंगलबार एनअनरएनको सेयर मूल्य प्रतिकित्ता ३८.३० रुपैयाँले बढेर ५०४.५० रुपैयाँ कायम भएको छ। मंगलबार २३ हजार कित्ता कारोबार भएको छ। कम्पनीले ५ प्रतिशत सेयर लाभांश र कर बापत ०‍‍‍.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश दिएको थियो। कम्पनीको हाल १ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ।

nrn.PNG

जसलाई वृद्धि गरेर ५ अर्ब रुपैयाँ पुर्‍याउने योजना कम्पनीले बनाएको छ। कम्पनीले अहिलेसम्म चुक्ता पुँजी बढाउन कुन नीति लिने भन्ने निर्णय नलिए पनि हकप्रद दिनका लागि भने छलफल गरिरहेको छ। 

कम्पनीको पछिल्लो ५२ हप्तामा अधिकतम प्रतिकित्ता ९९० रुपैयाँसम्म कारोबार भएको थियो भने न्यूनतम ४१३ रुपैयाँसम्म झरेको थियो। दुई वर्षअगाडि मात्रै कम्पनीले सर्वसाधारणको नाममा आईपीओ जारी गरेको थियो। कम्पनीको बजार पुँजीकरण ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। 


प्रकाशित : मंगलबार, असार २८ २०७९१२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend