आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

असारमा बैंकहरूको निक्षेप खर्ब नजिक, सीडी रेसियो ८७.१४ प्रतिशत

मंगलबार, असार २८ २०७९
असारमा बैंकहरूको निक्षेप खर्ब नजिक, सीडी रेसियो ८७.१४ प्रतिशत

काठमाडौं- असार महिनाको अन्तिम आइतबारसम्ममा वाणिज्य बैंकहरूमा एक खर्ब नजिक निक्षेप संकलन भएको छ। जेठ ३१ देखि असार २३ सम्म ८७ अर्ब निक्षेप संकलन भएकोमा पछिल्लो आइतबारसम्म थप १० अर्ब निक्षेप संकलन भएको हाे।

योसँगै असार सकिनै लाग्दा बैंकहरूमा ९७ अर्ब निक्षेप आएको छ। यो क्रम असार ३२ सम्म रहने भएकोले बैंकहरूमा अझै केही दिन लगातार निक्षेप थपिने छ। चालु आर्थिक वर्षको अन्त्य असार मसान्त नजिकिँदै जाँदा हालसम्म २ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। 

नेपाल राष्ट्र बैंकका अनुसार गत आइताबारसम्म वित्तीय संस्थाहरूको ५१ खर्ब ८ अर्ब निक्षेप पुगेको छ। गत बिहीबारसम्म ५० खर्ब ९८ अर्ब निक्षेप रहेको थियो। १० खर्ब निक्षेप शुक्रबारको मात्रै रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ। यता बैंकहरूमा ४५ खर्ब १३ अर्ब निक्षेप पुगेको छ। बिहीबारसम्म ५० खर्ब ३ अर्ब निक्षेप रहेको थियो। यता ऋण प्रवाह वित्तीय संस्थाहरूको ४६ खर्ब ९४ अर्ब पुगेको छ। यता बिहिबारसम्म ४६ खर्ब ९७ अर्ब रहेको थियो। ऋण एकै दिन वित्तीय संस्थाहरूले ३ अर्ब घटएका छन्। 

बिहीबारसम्म वाणिज्य बैंकहरूमा ४१ खर्ब ६४ अर्ब ऋण प्रवाह पुगेको छ। जुन ऋण गत बिहीबारसम्म ४१ खर्ब ६७ अर्ब रहेको थियो। कर्जा प्रवाह ठप्प हुँदा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूले दिने औषत कर्जा निक्षेप (सीडी) रेसियो बल्ल ९० प्रतिशतबाट घटेर ८७.१४ प्रतिशतमा आएको छ। 

राष्ट्र बैंकले ९० प्रतिशत सीडी रेसियो तोकेपनि बैंकहरूले ९४ प्रतिशतसम्म पुर्‍याएका थिए। राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय संस्थाहरूले बिहीबारसम्म ८७.१४ प्रतिशत सीडी रेसियो कायम गरेका छन्।  


प्रकाशित : मंगलबार, असार २८ २०७९०८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend