आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

४/१२ को नीतिमा मैले बोल्न मिल्दैन : गभर्नर अधिकारी

सोमबार, असार २७ २०७९
४/१२ को नीतिमा मैले बोल्न मिल्दैन : गभर्नर अधिकारी

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर कर्जामा ४/१२ करोडको नीतिका विषयमा आफू बोल्न नमिल्ने बताएका छन्। अधिकारीले मौद्रिक नीतिको विषयमा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको छलफल यस्तो बताएका हुन्।

अधिकारीले नै आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमार्फत सेयर कर्जामा ४/१२ करोडको व्यवस्था ल्याएका थिए। सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था मौद्रिक नीतिमा गभर्नर अधिकारीले गरेका थिए। सोही व्यवस्थासँगै बजार घटेको लगानीकर्ताको भनाइ छ।

साथै लगानीकर्ताले सेयर लोनको रिक्स फ्याक्टर १५० प्रतिशत पुर्‍याएको विषयमा पनि विरोध गरिरहेका छन्।

मौद्रिक नीतिका विषयमाथि छलफलका क्रममा समिति सभापति कृष्णप्रसाद दाहालले सेयर बजार ओरालो लागेको र यसलाई सम्बोधन गर्न मौद्रिक नीतिले के व्यवस्था गर्न लागेको छ भन्दै प्रश्न गरेका थिए। उनको प्रश्नमा गभर्नर अधिकारीले सेयर बजारको नियामक निकाय छुट्टै भएकाले यस विषयमा आफू बोल्न नमिल्ने बताएका थिए।


प्रकाशित : सोमबार, असार २७ २०७९०५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend