आइतबार, वैशाख २३ गते २०८१    
images
images

बागमती प्रदेशको विनियोजन विधेयक २०७९ स्वीकृत

images
बिजनेस न्युज
images
images
बागमती प्रदेशको विनियोजन विधेयक २०७९ स्वीकृत
images
images

काठमाडौं- बागमती प्रदेशसभाको सोमबार दिउँसो बसेको बैठकले विनियोजन विधेयक २०७९ लाई सर्वसम्मतले स्वीकृत गरेको छ। बैठकमा प्रदेश सरकारका आर्थिक मामिला  तथा योजनामन्त्री शालिकराम जमरकट्टेललाई बैठकमा विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। 

images
images
images

मन्त्री कट्टेलले प्रदेशसभा बैठकमा पेश गरेको सो प्रस्तावको विपक्षमा सांसद नदेखिएपछि सभामुख सानुकुमार श्रेष्ठले उक्त विधेयक सर्वसम्मतले स्वीकृत भएको घोषणा गरेका हुन्। सोमबारको बैठकमा मन्त्री जमरकट्टेलले आगामी आव २०७९/०८० का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि विपक्षी दलले उठाएको प्रश्नहरुको जवाफ दिएका थिए। 

images

उनले बजेट निमार्णका क्रममा केही कमीकमजोरी भएकाले त्यसलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। बैठकमा नेकपा (एमाले)का प्रदेशसभा सदस्य  दीपक निरौला र  विवेकशील साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्यालले बजेट विनियोजनका सम्बन्धमा रहेका कमीकमजोरीबारे आआफ्नो गुनासो राखेका थिए। 

images

images

प्रकाशित : सोमबार, असार १३ २०७९०१:४३
प्रतिक्रिया दिनुहोस