शुक्रबार, चैत १६ गते २०८०    
images
images

अनुमतिपत्रबिना इन्टरनेट सेवा सञ्चालन नगर्न आग्रह

images
बिजनेस न्युज
images
अनुमतिपत्रबिना इन्टरनेट सेवा सञ्चालन नगर्न आग्रह
images
images

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ।

images
images
images

प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम  कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा  सञ्चालन गर्न आग्रह गरेको हो।

images

पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ।

images
images

अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनीरूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत अनुरोध गरेको छ।

images

प्रकाशित : बिहीबार , जेठ २६ २०७९०७:२८
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ