मंगलबार, वैशाख १८ गते २०८१    
images
images

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री कार्की

images
बिजनेस न्युज
images
images
डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री कार्की

यस्तै, सूचना प्रविधिको विकास विना मुलुकको विकास समेत असम्भव भएको बताउँदै उनले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताए। 

images
images

काठमाडौं- सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा बताएका छन्। 

images
images
images

शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उनले सरकारले पूर्वाधार तथा ऐन नियम बनाइरहेको बताएका हुन्। 

images

यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समेट्ने मन्त्री कार्कीको भनाइ थियो । यसका साथै यस कार्यक्रमले डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनले बताए। 

images

'मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छ । यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ । यो कार्यक्रम अवधिभर मात्र नभएर सधैँ भरी कायम गर्नुपर्छ' उनले भने। 

images
images


यस्तै, सूचना प्रविधिको विकास विना मुलुकको विकास समेत असम्भव भएको बताउँदै उनले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताए। 

सूचना प्रविधिको पहुँच सबै नागरिकमा पुर्याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको मन्त्री कार्कीको भनाइ थियो ।

images

प्रकाशित : शुक्रबार, जेठ २० २०७९०७:३८
प्रतिक्रिया दिनुहोस