शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

नेपाल टेलिकमको फोरजी ग्राहक संख्या १ करोड नाघ्यो

images
images
images
नेपाल टेलिकमको फोरजी ग्राहक संख्या १ करोड नाघ्यो
images
images

काठमाडौं (जेठ १)- नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड भन्दा बढी पुगेको छ। २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो। यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको छ।

images
images
images

समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७ सय ८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २ सय २९ टुजी प्रविधिका ग्राहक छन्। अघिल्लो महिना अर्थात २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको टेलिकमले जनाएको छ। 

images

नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजी÷एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ। 

images

images

प्रकाशित : शुक्रबार, जेठ ६ २०७९०१:०३

प्रतिक्रिया दिनुहोस