काठमाडौं- माओवादीको प्रभाव क्षेत्र मानिएको रोल्पाको एउटा गाउँपालिकामा नेपाली कांग्रेसले जित्न सफल भएको छ।
शुक्रबार सम्पन्न निर्वाचनको परिणाम अनुसार रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन र उपाध्यक्षमा कांग्रेसकै अमृता केसी वली विजयी भएकी छिन्।
पुनले २५४८ मत ल्याएर एमालेका रोशनकुमार वलीलाई पराजित गरेका हुन्। दोस्रो भएका ओलीले २४४२ मत ल्याएका थिए। यो गाउँपालिकमा माओवादी र एकिकृत समाजवादीको गठबन्धन थियो। यो गबन्धनका उम्मेदवार भने तेस्रो भएका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा यो गाउँपालिकामा माओवादीले जितेको थियो। गाँपालिकाका २ बाहेक सबै वडामा कांग्रेस विजयी भएको छ।