काठमाडौं- काठमाडौं महानगरपालिकाको अहिले १, २, ३, ४, ३२ र ३१ नम्बरको मतगणना भइरहेको छ। ३१ नम्बरको नजिता सार्वजनिक भएको छैन भने ५ वटा वडाको नतिजा आइरहेको छ।
जसमा महानगरपालिका मेयर पदका स्वतन्त्र उमेद्वार बालेनले १ नम्बरबाट ५ सय ७५, २ नम्बरबाट ६ सय ४३, ३ नम्बरबाट ३ सय ३९, ४ नम्बरमा ४ सय ४८ र ३२ नम्बरबाट ६ सय ३२ मत लाएका छन्।
यसैगरी एमालेका उमेद्वार केशवले १ बाट २ सय ८३, २ बाट ३ सय ८०, ३ बाट २ सय २५, ४ वटा २ सय ९३ र ३२ नम्बरबाट ३ सय २६ मत पाएका छन्।
यसैगरी कांग्रेसकी उमेद्वार सिर्जना सिंहले १ नम्बरबाट ३ सय ५५, २ नम्बरबाट २ सय ३७, ३ नम्बरबाट ३ सय १, ४ नम्बरबाट २ सय ७८ र ३२ नम्बरबाट २ सय ७८ मत पाएकी छिन्।