बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

युवा भन्छन् - ‘हाम्रो मतले आफ्नै गाउँ नगरको विकास गर्ने हो’

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २९ २०७९
images
images
युवा भन्छन् - ‘हाम्रो मतले आफ्नै गाउँ नगरको विकास गर्ने हो’
images
images

भक्तपुर- सूर्यविनायक नगरपालिका-५ की १९ वर्षीया कञ्चन शर्मा मतदाता परिचयपत्र हात परेपछि दङ्ग परिन्। जिल्ला प्रशासन कार्यालयमा एक वर्षअघि नागरिकता बनाउन जाँदा मतदाता परिचयपत्रका लागि खिचेको फोटो आज आफ्नै गाउँको मतदान केन्द्रमा खटिएका कर्मचारीबाट हातमा परेपछि उनी रमाइन्। 

images
images
images

परिचयपत्र लिएपछि उनले संँगै रहेकी साथीलाई भनिन्, 'ओई, हेरन मेरो त फोटो अलि बिग्रिएछ।'

images
images

साथमा रहेकी १९ वर्षीया कल्पना घिमिरेले पनि आफ्नो मतदाता परिचयपत्र हेर्दै भनिन्, 'अँ, हेर न, मेरो पनि फोटो कुचुक्क आएछ।'

images
images
images

मतदाता परिचयपत्र लिएपछि उनले रमाउँदै भनिन्, 'जीवनमै पहिलो पटक भोलि भोट हाल्ने हो, मतदानको अनुभव पनि लिन पाइने भो।'

उनले भनिन्, 'धेरै पटक भोट हाल्नेले पार्टी रोजे होलान्, हामीलाई त पार्टीको मतलब छैन, हाम्रो त पहिलो भोट, आफ्नो गाउँ बनाउन सक्ने, विकास गर्न सक्ने, युवाका पक्षमा कार्यक्रम ल्याउनेलाई दिने हो।'
 
निर्वाचन आयोगले यही बैशाख २८ र  २९ गते नयाँ मतदाता, बसाइँसराइ गरेर आएका, मतदाता परिचयपत्र हराएर आवेदन दिएकालाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमार्फत देशभरका २१ हजार ९५५ मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरी मतदाता शिक्षा दिइरहेका जनाएको छ।

भक्तपुर नगरपालिका ब्यासीका २० वर्षीय सुरेश पक्का नेवारले मतदाता परिचयपत्र लिँदै भोलिको प्रतिक्षामा रहेको बताए। ब्यासी मतदान केन्द्रबाट मतदाता परिचयपत्र लिएका उनले भने, 'भोलि मतदान गर्ने प्रतिक्षामा छु, बिहानै भोट हाल्छु र आफ्नो मताधिकार बिहानै प्रयोग गरी नगरपालिकामा राम्रो काम गर्नेलाई भोट दिन्छु।'

यस्तै भक्तपुर नगरपालिकाकी रञ्जु खर्बुजाको भनाइ पनि उस्तै छ। पहिलो पटक मतदान गर्ने उत्सुकतामा रहेकी उनले भनिन्, 'पहिलो पटक मतदान गर्दैछु, मेरो मत खेर नजाओस् भन्ने चाहना राखेको छु, मेरो मतले एउटा उम्मेदवार जिताउनु मात्रै होइन, मेरो गाउँ, मेरो टोल बनाउने कि नबनाउने भन्ने फैसला गर्नु पनि हो।'

चाँगुनारायण नगरपालिका- ४ छालिङका १९ वर्षीय सन्तोष गैँडा भौतिक संरचनालाई मात्रै विकास भन्ने परम्पराको विरोध गर्छन्। मतदाता परिचयपत्र लिएपछि प्रतिक्रिया दिँदै उनले भने, 'हामी बाटो बनेन, ढल भएन, पानी आएन मात्रै भन्छौँ, कृषिका लागि सिँचाइ भएन, युवालाई रोजगारमूलक शिक्षा भएन, महिलालाई आत्मनिर्भर बनाउने सीप भएन, अपाङ्गलाई सहज जीवन जिउने व्यवस्था भएन भन्दैनौँ।'
 
उनले भौतिक संरचनासँगै मानवीय जीवनको विकासको योजना ल्याउने सबैको प्रतिनिधित्व गर्ने उम्मेदवार आफ्नो रोजाइँमा पर्ने बताउँदै युवाको मत गाउँ, नगर र देश बनाउने नेतृत्वका लागि हो, जनता झुक्याउनेहरुका लागि नभएको बताए।

मध्यपुरथिमि नगरपालिका कमेरोटारमा रोहन मानन्धरको भनाइ पनि उस्तै छ। मतदाता परिचयपत्र हातमा लिँदै उनले सम्पदाको सहर र पुरानो नेवार बस्ती भए पनि उपत्यकाकै पछाडि पारिएको मध्यपुरको विकास गर्दै पर्यटकीय गन्तव्य बनाउन सक्ने उम्मेदवारलाई आफ्नो मत दिने बताउँछन्। 

यहाँका कला, संस्कृति जोगाउने, लोप भएका ऐतिहासिक परम्परा ब्यूझाउने, यहाँका सम्पदाको संरक्षण गर्ने, नयाँ तथा पुराना बस्तीलाई समान रुपमा विकास गर्ने, भूकम्प, कोरोना जस्तो महामारीमा जनताको समस्यालाई साथ दिने, बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिक, महिला, युवा, गुणस्तरीय शिक्षा, स्वास्थ्यको एजेण्डा बोकेर आफ्नो नगरको भविष्य सुनिश्चित गर्ने शिक्षित उम्मेदवालाई मतदान गर्ने बताउँछन्। आफ्नो एक भोट गलत उम्मेदवारलाई परेर पाँच वर्ष पछुताउनु नपरोस् भन्नेमा युवाको चाहना हुनुपर्ने उनको धारणा छ। 

त्यस्तै निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएका तर मतदाता परिचयपत्र हराएका वा नभएकाले पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरेको छ। मतदाता परिचय नभएकाले आफ्नो पहिचान खुल्ने कागजात जस्तै नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गा धनी पूर्जा, राष्ट्रिय परिचयपत्र जस्ता कागजको सक्कलप्रति लिएर गएर पनि मतदान गनै पाउने व्यवस्था गरेको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख २९ २०७९०८:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend