शुक्रबार, चैत १६ गते २०८०    
images
images

अन्तर्राष्ट्रिय उडानमा हिस्सा बढाउँदै स्वदेशी एयरलाइन्स

images
images
अन्तर्राष्ट्रिय उडानमा हिस्सा बढाउँदै स्वदेशी एयरलाइन्स

सन् २०२१ मा आन्तरिक उडान सामान्य भएपनि अन्तर्राष्ट्रिय उडान भने लयमा फर्किएको छैन। कोरोना प्रभाव अन्तर्राष्ट्रिय उडानमा कायमै थियो सन् २०२१ मा। 

images
images

काठमाडौं- नेपालको हवाई इतिहासमा सबैभन्दा धेरैले यात्रा गरेको वर्ष सन् २०१८ हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्यो वर्ष ४३ लाख यात्रुले यात्रा गरेका थिए। सन् २०१५ मा ३२ लाख यात्रु भएकोमा तीन वर्षमै ११ लाखले यात्रु संख्या बढेको थियो। 

images
images
images

सन् २०१९ मा लगभग स्थिर रहेका अन्तर्राष्ट्रिय यात्रु त्यसपछि कोरोनाको मारमा परे। कोरोना महामारीका कारण उडान ठप्प भएपछि गणना नै भएन। कोरोना महामारी मत्थर भएपछि पछिल्लो समय हवाई यात्रुको संख्या बढ्दै गएको छ। 

images

सन् २०२१ मा आन्तरिक उडान सामान्य भएपनि अन्तर्राष्ट्रिय उडान भने लयमा फर्किएको छैन। कोरोना प्रभाव अन्तर्राष्ट्रिय उडानमा कायमै थियो सन् २०२१ मा। 

images
images

सन् २०२२ को सुरुवातमा अन्तर्राष्ट्रिय उडान लयमा फर्किने संकेत देखिएको छ। तीन महिनामा ६ लाख ४१ हजार यात्रुले यात्रा गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार औषतमा मासिक २ लाख यात्रुले यात्रा गरेका छन्। यो औषत कोरोना महामारीअघिको तुलनामा अझै न्यून छ। 

यद्यपि हवाई यात्रा लयमा फर्किन थालेको छ। आगामी वर्षदेखि अन्तर्राष्ट्रिय उडानमा प्राकृतिक वृद्धि देखिनसक्ने व्यवसायीहरू बताउँछन्। 

अन्तर्राष्ट्रिय हवाइ उडान क्षेत्र व्यापारको ठूलो क्षेत्र हो। तर यही ठूलो क्षेत्रमा स्वदेशीभन्दा विदेशी एयरलाइन्सकै वर्चस्व रहँदै आएको छ। हवाई क्षेत्रमा सम्भावना बढिरहँदा त्यसको फाइदा विदेशी एयरलाइन्सले लिइरहेका थिए छन्। 

तर पछिल्लो समय स्वदेशी एयरलाइन्सले आफ्नो वर्चस्व बढाउँलै गएका छन्। सन् २०१७ मा १० प्रतिशत मात्र यात्रु हिस्सा स्वदेशी एयरलाइन्सको नाममा थियो। त्यसको अर्थ व्यापारमा पनि सोही अनुपातमा स्वदेशी एयरलाइन्सको सहभागिता थियो। 

तर कोरोना महामारीको प्रभाव सामान्य हुँदै गएको अन्तर्राष्ट्रिय उडानमा स्वदेशी एयरलाइन्सले आफ्नो प्रभाव विस्तार गर्दै गएका छन्। सन् २०२२ को पहिलो तीन महिनाको तथ्यांक अनुसार स्वदेशी एयरलाइन्सले ३० प्रतिशत हिस्सा ओगट्न सफल भएका छन्। 

तीन महिनामा ६ लाख ४१ हजार ४ सय ४५ यात्रुले यात्रा गर्दा १ लाख ९३ हजार ९ सय ५३ यात्रु स्वदेशी एयरलाइन्सले बोकेका छन्। यो भनेको कूल यात्रुमा ३०.२३ प्रतिशत हिस्सा हो। 

नेपालबाट अन्तर्राष्ट्रिय उडानका लागि चारवटा एयरलाइन्सले लाइसेन्स पाएका छन्। यद्यपि नियमित व्यावसायिक उडान भने मुख्यत: नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स मात्र छन्। बुद्ध एयरले भारतको वानारसमा उडान गरिरहेको छ। श्री एयरलाइन्सले चार्टर्ड उडानका लागि मात्र उडान अनुमति लिएको छ। यती एयरलाइन्सले उडान अनुमति लिएपनि अहिलेसम्म उडान सुरु गरेको छैन भने बीबी एयरवेजको एओसी खारेज भइसकेको छ। 

नेपालमा आन्तरिक उडान गरिरहेका एयरलाइन्स वा आउन चाहने जो कसैलाई पनि अनुमति लिनै कठिन भएको तर विदेशीले आवेदन दिनेवित्तिकै पाउने गरेकाले यस्तो अवस्था आएको व्यवसायीहरूको तर्क छ। अनुमति पाएपनि नेपाली एयरलाइन्स अन्तर्राष्ट्रिय उडानमा सफल र प्रतिस्पर्धी हुन कठिन देखिएको छ। उच्च इन्धनको मूल्य, न्यून प्रतिस्पर्धी क्षमताका कारणले गर्दा नेपाली एयरलाइन्स कमजोर देखिएका छन्। 

पछिल्लो हिमालय र नेपाल एयरलाइन्सले गन्तव्य विस्तार गर्दै आएका छन्। पोखरा विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले नियमित अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने योजना बनाएको छ। विस्तारै नेपाली एयरलाइन्सको प्रभाव बढ्दै जाने व्यवसायीको भनाइ छ। 

images

प्रकाशित : सोमबार, वैशाख २६ २०७९०२:१०

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ