बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

बाबुराम भट्टराईले भने - काठमाडौंलाई व्यवस्थित बनाउन मेयरमा सिर्जना सिंह उपयुक्त 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २२ २०७९
images
images
बाबुराम भट्टराईले भने - काठमाडौंलाई व्यवस्थित बनाउन मेयरमा सिर्जना सिंह उपयुक्त 
images
images

काठमाडौं- जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकालाई व्यवस्थित बनाउन सिर्जना सिंह महानगर प्रमुखको उपयुक्त उम्मेदवार भएको बताएका छन्। 

images
images

गोरखा-काठमाडौं चुनाव प्रचार समूहले आज यहाँ आयोजना गरेको ‘शुभकामना कार्यक्रम’ मा बोल्दै उनले लोकतान्त्रिक संस्कार भएकी सिंह काठमाडौँ महानगरको उपयुक्त उम्मेदवार भएको बताएका हुन्।

images
images

'सिर्जना गणेशमान, मङ्गलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती मात्र नभएर आफैँमा नेता हुनुहुन्छ, उहाँ मेयरको स्वभाविक हकदार हुनुहुन्छ, उहाँको जीत सुनिश्चित छ', उनले भने। राजनीतिक व्यक्तिलाई परिवारसँग जोडेर सिंहबारे कुप्रचार गर्न खोजेको उनको भनाइ थियो ।

images
images

पूर्वप्रधानमन्त्री भट्टराईले जनताको मेयर बनेर सिंहले काम गर्ने विश्वास समेत व्यक्त गरे। मुलुकको सङ्घीय राजधानी काठमाडौंलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र  नमूना राजधानी निर्माण गर्नका लागि आफूसमेत मेयरको उम्मेदवार बन्न खोजेको उनले स्मरण गरे। पूर्वप्रधानमन्त्री भट्टराईले सिंह काठमाडौँको मेयर निर्वाचित भएपछि गोरखा-काठमाडौँ सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउने विश्वास व्यक्त गरे। 

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सिंह गोरखाको राजनीतिकर्मी भएको कारण गणेशमान सिंहको परिवारसँग नाता जोडिएको बताउँदै उनको उम्मेदवारबारे गलत प्रचार नगर्न सबैलाई आग्रह गरे। 'सिर्जनालाई काठमाडौँको मेयरमा निर्वाचित गराउन सम्पूर्ण गोरखावासी एक भएर अगाडि बढौँ, जित पक्का छ',  उनले भने।

नेता श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धनले साझा उम्मेदवारका रुपमा सिंहलाई अगाडि सारेको भन्दै उहाँलाई निर्वाचनमा जिताउनका लागि सबै लाग्नुपर्ने बताए।

कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखाली चेलीलाई कांग्रेसले सङ्घीय राजधानी काठमाडौँको मेयरको उम्मेदवार बनाउनु सारा गोरखालीका लागि खुसीको कुरा भएको बताए। 'गणेशमान सिंहको राजनीतिक परिवारलाई कुशल व्यवस्थापन गरेजस्तो काठमाडौँ महानगरपालिकालाई पनि सिर्जना सिंहले राम्रो व्यवस्थापन गर्ने विश्वास हामीले लिएका छौँ',  उनले भने।

कांग्रेस नेत्री एवं राष्ट्रिय सभा सदस्य कमला पन्तले प्रजातन्त्र स्थापनामा सिंहको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीजस्तो कुशल राजनीतिकर्मीलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताइन्। 'उहाँ कसैको बुहारी, श्रीमती र छोरीमात्र नभई कांग्रेसको कुशल सङ्गठक हो', पन्तले भनिन्।

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले सङ्घीय राजधानी काठमाडौँले योग्य महिला उम्मेदवार पाएको भन्दै उहाँलाई विजयी गराउन सबै लाग्नुपर्ने बताए।

'न्याय नपाए गोरखा जानु भन्ने उखानलाई सार्थक बनाउनका लागि काठमाडौँका जनताले सिंहलाई विजय गराएर न्याय दिनुपर्छ',  उनले भने।

कांग्रेस नेता चीरञ्जीवी वाग्ले, पूर्वसांसद जीवनप्रेम श्रेष्ठ, नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष हरिराम श्रेष्ठ, नेपाल इञ्जिनीयरिङ काउन्सिलका सदस्य ई होमनाथ पोखरेललगायतले सिंहको विजय सारा गोरखालीको विजय भएको भन्दै उनलाई जिताउनका लागि सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए। रासस


प्रकाशित : बिहीबार , वैशाख २२ २०७९१४:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend