बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

देशको ढुकुटी 'प्रधानमन्त्री पत्नी'को पेवा हो?

कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नपठाउने आरजूको धम्कीपूर्ण भाषण

images
बिहीबार , वैशाख २२ २०७९
images
images
देशको ढुकुटी 'प्रधानमन्त्री पत्नी'को पेवा हो?
तस्बिर : रासस
images
images

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले देशको अर्थव्यवस्था आफ्नो घरको ढुकुटीझैँ गर्दै कांग्रेसले नजितेका स्थानमा बजेट नपठाउने बताएकी छिन्। चुनावी भाषण भए पनि कांग्रेस नेतृसमेत रहेकी प्रधानमन्त्री पत्नीको धम्कीपूर्ण गलत शैलीले खराब सन्देश गएको छ। 

images
images

गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित चुनावी कार्यक्रममा कांग्रेसले नजित्ने स्थानीय तहमा बजेट नपठाइने बताएकी हुन्।

images
images

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै जोडबलमा केही दिनअघि डडेलधुरामा ३१ करोड रुपैयाँ बजेट पारेको भन्दै उनले भनेकी छिन्- ‘जहाँ कांग्रेसको मेयर नै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौँ?, त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरूवा पार्टीहरूलाई भोट नहाल्नुस्।’

images
images

संविधान र कानूनअनुसार स्थानीय तहमा केन्द्रबाट जाने बजेट निर्धारित हुन्छ। त्यसमा स्वविवेक र राजनीतिक जितहारले असर गर्ने हुँदैन। स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन र आर्थिक व्यवस्थापनका आफ्नै कानूनी आधारहरू छन्। त्यसबाहिर गएर प्रधानमन्त्री मन्त्रीको लहडका भरमा देशको अर्थव्यवस्था चल्दैन। 

यस्तोमा चुनावमा आफ्नो पक्षमा मत माग्नका लागि प्रधानमन्त्री पत्नी आरजूले देशको अर्थव्यवस्था नै आफ्नो नियन्त्रणमा रहने झैँ गरी आफूहरूले नजिते बजेट नपठाउने धम्की दिइन्।

यो विषय मनपरी चुनावी भाषणको लहडमा मात्रै उनले बोलेकी होइनन्, सरुवा बढुवा र नियुक्तिसम्ममा भइरहेका आर्थिक चलखेलमा आरजूमाथि बारम्बार उठिरहने प्रश्नमा समेत उनको यो शैलीले थप बल पुर्‍याएको छ। 

कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्ल 'नेपाली कांग्रेस बीपी'मार्फत करुवा चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा छन्। मल्लले नेकपा एमालेसँग तालमेलसमेत गरेका छन्।

यस्तोमा प्रतिस्पर्धीमाथि खनिन आरजूले गलत शैलीमात्र अपनाइनन्, देशको अर्थव्यवस्थामाथि नै प्रश्न चिन्ह राखिदिइन्। आफ्ना मतदाता रिझाउने र थर्कमान बनाउने उनको शैलीले देश कसरी चलिरहेको छ भन्नेतर्फ पनि संकेत गरेको छ।


प्रकाशित : बिहीबार , वैशाख २२ २०७९१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend