आइतबार, मंसिर ९ गते २०८१    
images
images

ठूला भाषण होइन, काम गर्न सकिने योजना सुनाउँदैछिन् सिर्जना सिंह

images
मंगलबार, वैशाख २० २०७९
images
images
ठूला भाषण होइन, काम गर्न सकिने योजना सुनाउँदैछिन् सिर्जना सिंह
images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका लागि सिर्जना सिंह अहिले चुनावी दौडधुपमा छिन्। महानगरको आगामी मेयरका रुपमा नेपाली कांग्रेसले एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपाको समेत साझा उम्मेदवारको रुपमा सिंहलाई अगाडि सारेको हो।

images
images
images

उम्मेदवार बनेसँगै सिंह यतिबेला घरदैलो कार्यक्रमम व्यस्त छिन्। आफ्ना योजना सुनाउन र जनताको धारणा बुझ्न घरघरमा पुगिरहेकी छिन् उनी। नेपाली राजनीतिमा लौहपुरुषको उपाधि पाएका नेता गणेशमान सिंहको परिवारकी सदस्य सिंह यतिबेला आफ्नो भिन्न परिचय स्थापित गर्ने दौडमा छिन्।

images

गोरखा बजारमा जन्मिएकी सिर्जना २०४२ सालमा गणेशमानका छोरा प्रकाशमान सिंहसँग विवाह गरेर सिंह परिवारमा प्रवेश गरेकी हुन्। आफ्नो राजनीति विरासतबाट नभएर कांग्रेसको सदस्य हुँदै शंकरदेव क्याम्पसमा पुग्दा नेतृत्व नै सम्हालेको उनी बताउँछिन्। 

images
srijana 1.jpg

सासू मंगलादेवी विरासत पछ्याउँदै नेपाल महिला संघको राजनीतिमा पनि उनी जोडिएकी थिइन्। २०३३ सालमा नेपाली कांग्रेसको सदस्यता पाएकी उनी २०३६ मा गोरखा जिल्ला महिला संघको सभापति समेत बनेकी थिइन्। 

उनी २०३५ देखि २०३८ सालसम्म महाबौद्ध क्याम्पसको इकाइ सभापति बनिन्। बीपी कोइरालाको स्वास्थ्य उपचारका लागि चन्दा संकलन गर्ने क्रममा २०३७ सालमा उनी गिरफ्तारीमा परेकी थिइन्। २०३६ सालमा महिलाका तर्फबाट बहुदलीय प्रचार प्रसार समितिको गोरखा जिल्ला अध्यक्ष बनिन्।

२०३९ सालमा सिर्जना शंकरदेव क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भइन्। त्योबेला हालकी ऊर्जामन्त्री पम्फा भुसाल उनको प्रतिद्वन्द्वी थिइन्। सिर्जनाले पछि त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरिन्।

प्रसिद्ध राजनीतिक परिवारमा भित्रिएपछि उनको राजनीतिक सक्रियता भने घट्यो। ‘पहिले मेरो सक्रियता व्यवस्थापनमा थियो, अहिले म अगाडि नै होमिएको छु,’ सिंहले भनिन्। 

srijana 2.jpg

‘जनतालाई रैतिबाट जनता बनाउने अभियानको नेतृत्व गरेको परिवारबाट आएको हुँ,’ सिंहले भनिन्। लोकतन्त्र ल्याउनका लागि लडेर आएकोले सुशासन नै आफ्नो प्रमुख दायित्व भएको सिंहको भनाइ छ। ‘म मेयर भएमा काठमाडौं भ्रष्टाचारमुक्त हुने छ,’ सिंहले भनिन्। 

अघिल्लो चुनावमा एमालेबाट निर्वाचित बनेका मेयर विद्यासुन्दर शाक्यले मोनोरेल र मेट्रोरेलका सपना देखाए तर फोहोरसमेत व्यवस्थित गर्न सकेनन्। अहिले सिंह त्यस्ता उडन्ते सपनालाई काठमाडौंबासीले विश्वास समेत नगर्ने बताउँछिन्। 

‘काठमाडौं सफा होस् सुन्दर होस् फोहोर नहोस्, त्यसका लागि योजनाबद्ध काम गर्ने हो’ उनले भनिन्। अहिले काठमाडौं विकसित भइसकेको तर व्यवस्थित मात्रै बनाउन आवश्यक भएकोले आफू मेयर निर्वाचित भए ती काम गर्ने उनको भनाइ छ।  

काठमाडौं महनगरवासीलाई ठूला सपना देखाउनेभन्दा पनि व्यवपस्थित र सफा काठमाडौं बनाउन प्रमुख भूमिका खेल्ने उनी बताउँछिन्। ‘अहिले घर घरमा पुगेर यहि नै भनिरहेकी छु,’ सिंहले भनिन्। 

srijana 3.jpg

काठमाडौंका सडकमा गरिबले पानी खान र शौचालय समेत जान नपाउने अवस्था रहेको बताँउदै मेयर निर्वाचित भएमा सजिलै यस्ता समस्या समाधान गर्न सकिने योजना आफूसँग रहेको समेत उनले काठमाडौंबासीलाई बताइरहेकी छिन्। 

‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले भनिन्।

घरघरबाटै फोहोरको व्यवस्थापन गर्न सकिने विश्वास लिएकी सिंह अहिले साना साना समस्याले काठमाडौं गिज्याउने गरेको बताउँछिन्।

जेष्ठ नागरिकको समस्या अत्याधिक रहेको बताउँदै उनले भनिन्- 'अब कुनै भवन बन्छ भने जेष्ठ नागरिक भवन भन्छ नभए खाली जग्गामा पार्क बनाउने हो। अब व्यापारिक महल बनाउने काम बन्द हुनेछ, ३२ वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र र जेष्ठ नागरिक भवन बन्नेछ।’

महागनरबसीका लागि सुविधा सम्पन्न अस्पताल खोल्ने योजना रहेको समेत सिंहले सुनाइन्। ‘उक्त अस्पतालमा असहाय, दिनदु:खी  र जेष्ठ नागरिकलाई नि:शुल्क उपचार दिने छौँ, महानगरबासीलाई विशेष छुट गराउने छौँ,’ सिंहले भनिन्। 

चुनावी प्रचारमा ठूला गफको उल्कापात नगरी उनी सामान्य लाग्ने तर नागरिकको जीवनमा महत्वपूर्ण हुने योजनाहरू सुनाइरहेकी छिन्। जुन योजनाहरू जितेपछि पनि काम गरेरै देखाउन सकिन्छ। भाषणका लागि भाषण नगरी काम गर्न सकिने सामान्य कुराहरू गर्नु नै उनको अहिलेको बलियो पक्ष रहेको घरदैलोमा भेटिएका मतदातासमेत सुनाउँछन्। 


प्रकाशित : मंगलबार, वैशाख २० २०७९१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend