बिहीबार , वैशाख २७ गते २०८१    
images
images

इन्टरनेट सेवाप्रदायकले पाउने भए विदेशी मुद्राको सिफारिस 

images
बिजनेस न्युज
images
images
इन्टरनेट सेवाप्रदायकले पाउने भए  विदेशी मुद्राको सिफारिस 

पछिल्लो नौ महिनादेखि यस्तो सुविधा नपाउँदा नेपाली बजारमा इन्टरनेट सेवा बन्द हुने अवस्थामा पुगेको भन्दै सेवाप्रदायकले सरकारलाई चेतावनी दिएका थिए। 

images
images

काठमाडौं- इन्टरनेट सेवा प्रदायकहरूले विदेशी मुद्राको सटही सुविधापाउने भएका छन्। 

images
images
images

पछिल्लो नौ महिनादेखि यस्तो सुविधा नपाउँदा नेपाली बजारमा इन्टरनेट सेवा बन्द हुने अवस्थामा पुगेको भन्दै सेवाप्रदायकले सरकारलाई चेतावनी दिएका थिए। 

images

सेवाप्रदायकको यस्तव चेतावनीपछि निर्वाचनको समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने भन्दै निर्वाचन आयोगलेसमेत चासो दिएको थियो। चौतर्फि चासोपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सिफारिस दिन सहमत भएको हो। 

images

इन्टरनेट सेवाप्रदायक  एसोसिएसनको टोलीसँग सोमबार भएको छलफलमा मन्त्री ज्ञानेन्द्र कार्कीले सिफारिस दिन तयार रहेको तथा अन्य प्रक्रियामा पनि सहजीकरण गर्न तयार रहेको बताएका हुन्। 

images
images

'छलफलका क्रमाम मन्त्रीज्यूले सिफारिस दिने र अरु समस्या पनि समाधानका लागि कुनै पनि कसर बाँकी नराखिने बताउनुभएको छ। इन्टरनेट सेवाको निरन्तरताका लागि सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो' भेटमा सहभागी इन्टरनेट सेवाप्रदायक एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले भने। 

गएको छ महिनादेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीको सिफारिस नदिँदा अपस्ट्रिम प्रोभाइडरलाई शुल्क तिर्न नसकिएको सेवाप्रदायकले बताएका थिए। 

 

images

प्रकाशित : ०६:५४
प्रतिक्रिया दिनुहोस