बिहीबार , वैशाख २७ गते २०८१    
images
images

नेपाल टेलिकमले ई-सिम दिने 

images
बिजनेस न्युज
images
images
नेपाल टेलिकमले ई-सिम दिने 

नयाँ प्रविधिबाट टेलिकमका ग्राहकले धेरै सुविधा पाउने पहाडीले बताइन्। 

images
images

काठमाडौं- नेपाल टेलिकमले ग्राहकलाई इ-सिम उपलब्ध गराउने भएको छ।

images
images
images

ग्राहकलाई इ-सिम उपलब्ध गराउनका लागि कम्पनीसँग सम्झौता गरेको छ। नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

images

सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरूलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि  सेवा दिने छ।  

images

नयाँ प्रविधिबाट टेलिकमका ग्राहकले धेरै सुविधा पाउने पहाडीले बताइन्। 

images
images

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । 

ई–सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेट बाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ । 

 

images

प्रकाशित : ०१:१४
प्रतिक्रिया दिनुहोस