बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

युवालाई स्वरोजगार अनुदान

images
सोमबार, वैशाख १२ २०७९
images
images
युवालाई स्वरोजगार अनुदान
images
images

झापा- कृषि ज्ञान केन्द्र झापाले जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन ३० युवालाई प्रोत्साहन गर्ने उद्देश्यले एक लाख रुपैयाँका दरले अनुदान दिने भएको छ। 

images
images

वैदेशिक रोजगारबाट स्वदेशी फर्किएका र बेरोजगार अवस्थामा रहेका जिल्लाका १८ वर्षदेखि ५० वर्षसम्मकालाई स्वरोजगार बनाउन सो रकम अनुदान दिने भएको हो। प्रदेश नम्बर १ को सरकारले च्याउ, मह र तरकारी खेतीका लागि सो रकम कृषि ज्ञान केन्द्रलाई उपलब्ध गराएको छ। 

images
images

केन्द्रले जिल्लास्तरीय लाभग्राही छनोट समितिमार्फत धमाधम युवाले भरेको फार्मको आधारमा बेरोजगारको पहिचान गरी आइतबार छनोट गरेको छ। छनोटमा परेका युवालाई सो रकम प्रदान गरेर कृषिमा प्रोत्साहन गर्न लागेको ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले जानकारी दिए। 

images
images

ज्ञान केन्द्रका प्रमुख सागर विष्ट अध्यक्ष रहेको समितिमा आन्तरिक कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख, जिल्ला भेटनरी अस्पालका प्रमुख र कृषि विकास बैंकका प्रमुख सदस्य रहेका छन्।

उनले जिल्लामा नौ हजार १४५ हेक्टर जमिनमा प्रांगारिक मौसमी तथा बेमौसमी तरकारी खेती भइरहेको बताए। किसानलाई व्यावसायिक तरकारी खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश र संघीय सरकारले एक लाखदेखि एक करोड रुपैयाँसम्म अनुदान रकम प्रदान गर्दै आएको बताए।  

बुद्धशान्ति गाउँपलिका-६ मा तरकारी ब्लक विकास कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए। ब्लक विकासका लागि मल, बीउ, टनेल, ग्रिन हाउसलगायतका पूर्वाधार विकासमा सरकारले २५ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। जुन अनुदान किसानको लगानीको ५० प्रतिशत हो। 

जिल्लाका दमक, विर्तामोड, कनकाई नगरपालिका र कमल गाउँपालिकाका विभिन्न स्थानमा महिला समूह, सहकारी र कृषि फार्ममार्फत ठूला व्यावसायिक तरकारी खेती भइरहेको छ। 'तरकारी खेतीमा बढी प्राथकिता दिइरहेका छौँ', उनले भने, 'थोरै लगानीमा पनि गर्न सकिने र आत्मनिर्भर बन्न समेत किसानलाई सजिलो हुने देखेर सरकारले तरकारी खेतीलाई बढी प्राथमिकतामा राखेर लगानी गरिरहेको छ।' सरकारको लगानीअनुसारको प्रतिफलसमेत राम्रै भइरहेको उनको भनाइ छ। 

सरकारले पछिल्लो समय कागती खेती, मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम र रैथाने बाली संरक्षणका लागि विभिन्न कार्यक्रम ल्याएको छ भने बगर खेती विकास प्रवर्द्धन कार्यक्रमसमेत लागु गरेको छ। यतिधेरै तरकारी खेतीमा सरकारले लगानी गरे तापनि किसानले मौसमी उत्पादनलाई बढी जोड दिने र बेमौसमी तरकारी खेतीमा खासै चासो नदिने हुँदा सोचअनुरुप हुन नसकेको उनको बताए।   

विगतमा भन्दा तरकारी खेतीमा किसानको आकर्षण बढेको देखिन्छ। जिल्लाका विभिन्न स्थानमा काक्रा, करेला, बोडी, कुरिलो, च्याउ उत्पादन भइरहेको छ। किसानले उत्पादन गरेको तरकारीले हाल स्थानीय बजारमै खपत भइरहेको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, वैशाख १२ २०७९०५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend