बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेप्से परिसूचकमा १.२६ प्रतिशतको सुधार, ७ अर्ब ४५ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ११ २०८३
नेप्से परिसूचकमा १.२६ प्रतिशतको सुधार, ७ अर्ब ४५ करोड रुपैयाँको कारोबार

आज नेप्से परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४.०६ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ६.६२ अंक, फ्लोट इण्डेक्स २.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३९ अंकले बढेको छ।

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १.२६ प्रतिशतको सुधार आएको छ।

आज नेप्से परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४.०६ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ६.६२ अंक, फ्लोट इण्डेक्स २.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३९ अंकले बढेको छ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ७९ करोड ५१ लाख ९६ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ३४८ कम्पनीका १ करोड ९३ लाख ९४ हजार कित्ता सेयर किनबेच भएका छन्। कुल ६३ हजार ७०७ पटकको कारोबारबाट ७ अर्ब ४५ करोड ६७ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमूल्य सर्वाधिक १५ प्रतिशत बढेको छ। बुटवल पावर कम्पनीको सेयरमूल्य १०.६० प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ। त्यस्तै,  बैंकिङ्, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।

 


प्रकाशित : बुधबार, कात्तिक ११ २०८३१५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend