बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

जेएमईभीका दुई कार अब सीजी मोटर्सले बिक्री गर्ने, काठमाडौं आइपुग्यो ईभीथ्री

बुधबार, कात्तिक ११ २०८३
जेएमईभीका दुई कार अब सीजी मोटर्सले बिक्री गर्ने, काठमाडौं आइपुग्यो ईभीथ्री

सीजी मोटर्सले आयात गरेको ईभीथ्री केही समयपछि औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ। कम मूल्यको ह्याचब्याक सेगमेन्टको कार खोज्नेका लागि ईभीथ्री उपयुक्त विकल्प बन्न सक्छ।

काठमाडौं- चिनियाँ विद्युतीय कार निर्माता कम्पनी जेएमईभीका दुईवटा विद्युतीय कार सीजी मोटर्सले बिक्री गर्ने भएको छ।

सीजी मोटर्सले आयात थालेसँगै पहिलो चरणमा ह्याचब्याक सेगमेन्टका कार आयात गरेको हो। योसँगै सीजी मोटर्सले जेएमईभीका ईभीइजी सेडान कार पनि आयात गर्दै जानेछ। जेएमईभीका यी दुवै कार अब नेपाली बजारमा सीजी मोटर्सले मात्र आयात गर्नेछ।

यसअघि विभिन्न कम्पनीले बिक्री गर्दै आएको जेएमईभीका दुईवटा विद्युतीय कार अहिले सीजी मोटर्सले आधिकारिक बिक्रेता नियुक्त भएर नेपाल भित्र्याएको हो।

यसअघि जेएमईभीको ईभीइजी विद्युतीय कारमात्र नेपाल आएको थियो। सेडान सेगमेन्टको यो कार ट्याक्सी र निजी दुवै क्याटागोरीमा बिक्री हुँदै आएको थियो।

सुरुमा जेएमईभीको ईभीइजी जगदम्बा मोटर्सले निजी प्रयोजनका लागि बिक्रीमा ल्याएको थियो। त्यसको केही समयपछि सरिना जी ट्रेडर्स प्रालि नामक कम्पनीले ट्याक्सी भर्सनको ईभीइजी ल्याएको थियो।

सीजी मोटर्सले आयात गरेको ईभीथ्री केही समयपछि औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ। कम मूल्यको ह्याचब्याक सेगमेन्टको कार खोज्नेका लागि ईभीथ्री उपयुक्त विकल्प बन्न सक्छ।

ईभीथ्रीको लम्बाइ ३७ सय २० एमएम, चौडाइ १६ सय ४० एमएम र उचाइ १५ सय ३५ एमएम रहेको छ। त्यस्तै यो ह्याचब्याक कारको ह्वीलबेस २३ सय ९० एमएम रहेको छ।

१ सय ७० एमएम ग्राउन्ड क्लियरेन्स भएको जेएमईभी ईभी थ्रीमा ३०.२४ किलोवाट आवरको ब्याट्री प्याक छ। ५० किलोवाट पिकपावरको विद्युतीय मोटर रहेको यो कारको सीएलटीसी रेन्ज ३ सय ३० किलोमिटर दाबी गरिएको छ।

सीजी मोटर्सले हाल एक्सपेङ, जीएसी आयोन, स्मार्ट, डायुनलगायत विद्युतीय कार बिक्री गर्दै आएको छ। 


प्रकाशित : बुधबार, कात्तिक ११ २०८३११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend