बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

स्नो रिभर्सको ४६ हजार कित्ता सेयरको लक-इन अवधि मंसिर ११ गते सकिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ११ २०८३
स्नो रिभर्सको ४६ हजार कित्ता सेयरको लक-इन अवधि मंसिर ११ गते सकिँदै

कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत अर्थात् ४६ हजार ८७५ कित्ता सेयर ६ महिनाका लागि लक-इनमा राखेको थियो।

काठमाडौं- स्नो रिभर्स लिमिटेडको सामूहिक लगानी कोषतर्फ छुट्याइएको साधारण सेयरको लक-इन अवधि आगामी मंसिर ११ गते समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको कुल साधारण सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत अर्थात् ४६ हजार ८७५ कित्ता सेयर ६ महिनाका लागि लक-इनमा राखेको थियो।

उक्त सेयर सर्वसाधारणमा सेयर बाँडफाँट भएको मिति २०८३ जेठ १२ गतेदेखि लागू हुने गरी लक-इनमा राखिएको हो। सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम निर्धारित ६ महिनाको अवधि पूरा भएपछि मंसिर ११ गतेदेखि उक्त सेयरको लक-इन समाप्त हुनेछ।

लक-इन अवधि समाप्त भएसँगै सामूहिक लगानी कोषहरूले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्री गर्न सक्नेछन्। यद्यपि, लक-इन अवधि सकिनु भनेको सबै सेयर तत्काल बिक्रीमा आउने भन्ने होइन।

 


प्रकाशित : बुधबार, कात्तिक ११ २०८३११:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend