बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

वीरगञ्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन, एक महिनामा उठायो २६ अर्ब ७२ करोड

बुधबार, कात्तिक ११ २०८३
वीरगञ्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन, एक महिनामा उठायो २६ अर्ब ७२ करोड

चाडबाडलगायतका कारणले पनि भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलनमा सफलता हासिल गरेको हो।

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो।कार्यालयले २६ अर्ब ४६ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।असोजमा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड रूपैयाँ राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए।

त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट एक अर्ब ८० करोड रूपैयाँ, अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड रूपैयाँ र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट ५० करोड रूपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व लक्ष्य ७० अर्ब ५६ करोड रूपैयाँ रहेकामा ६९ अर्ब १३ करोड रूपैयाँ संकलन भएको छ।

चाडबाडलगायतका कारणले पनि भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलनमा सफलता हासिल गरेको हो। रासस


प्रकाशित : बुधबार, कात्तिक ११ २०८३११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend