बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

सोमबार, कात्तिक ९ २०८३
ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

बिक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्न लगाई एलपी ग्यासको बिक्री वितरणको व्यवस्था मिलाउन निगमले आग्रह गरेको छ।

काठमाडौं- नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिल बिजक जारी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

ग्यास उद्योगबाट नियुक्त कतिपय विक्रेताले ग्यास बिक्री गरेपछि बिल बिजक जारी नगरेको गुनासो आएको निगमले जनाएको छ। त्यसैले बिक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्न लगाई एलपी ग्यासको बिक्री वितरणको व्यवस्था मिलाउन निगमले आग्रह गरेको छ।

निगमले यसअघि पनि २०८१ साउन ३० र माघ १० गते सम्बन्धित संघलाई पत्राचार गरी निर्णय कार्यान्वयन गर्न भनेको थियो। पछिल्लो पत्रमार्फत निगमले उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पुनः ध्यानाकर्षण गराएको हो।


प्रकाशित : सोमबार, कात्तिक ९ २०८३१८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend