बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

पीएचपी सुरक्षा जोखिम : नेपाल राष्ट्र बैंकको वेबसाइट बन्द, वित्तीय संस्थाहरूलाई उच्च सतर्कता अपनाउन अपिल

शुक्रबार, कात्तिक ६ २०८३
पीएचपी सुरक्षा जोखिम : नेपाल राष्ट्र बैंकको वेबसाइट बन्द, वित्तीय संस्थाहरूलाई उच्च सतर्कता अपनाउन अपिल

विश्वव्यापी रूपमा देखिएको यो सुरक्षा जोखिमलाई केन्द्रित गर्दै राष्ट्र बैंकले नेपालको सम्पूर्ण बैंकिङ तथा वित्तीय क्षेत्रलाई सुरक्षा सतर्कता बढाउन अपिल गरेको छ।

काठमाडौं- वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइट लगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै सम्भावित साइबर सुरक्षा खतराबाट बच्नका लागि आफ्ना अनलाइन सेवाहरू तत्कालका लागि स्थगन गरिएको जानकारी दिएको हो। 

वेबसाइट बन्द रहेको यस अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना वा जानकारीका लागि बैंकको आधिकारिक सामाजिक सञ्जालमा उपलब्ध विवरणहरू हेर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

विश्वव्यापी रूपमा देखिएको यो सुरक्षा जोखिमलाई केन्द्रित गर्दै राष्ट्र बैंकले नेपालको सम्पूर्ण बैंकिङ तथा वित्तीय क्षेत्रलाई सुरक्षा सतर्कता बढाउन अपिल गरेको छ।

'प्रणालीमा आवश्यक सुरक्षा सतर्कता अपनाउन, सर्भरमा प्रयोग भइरहेका प्रणालीहरूलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूलाई अपिल गरिन्छ', राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ।

nrb.jfif


प्रकाशित : शुक्रबार, कात्तिक ६ २०८३१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend