बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

काठमाडौं महानगरमा आजदेखि बाइक एम्बुलेन्स सेवा

शुक्रबार, असोज ३० २०८३
काठमाडौं महानगरमा आजदेखि बाइक एम्बुलेन्स सेवा

१०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्स समेत पठाइने छ।

काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ। शुक्रबार काठमाडौं महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यस्तो जानकारी दिएकी हुन्।

उनका अनुसार १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्स समेत पठाइने छ। उनले ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपांग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरिएको स्पष्ट पारिन्।

कार्यवाहक प्रमुख डंगालले काठमाडौंमा एम्बुलेन्सको संख्या पर्याप्त भएपनि समयमै सेवा उपलब्ध गराउन चुनौती रहेको बताइन्।

ट्राफिक जाम र भौगोलिक अवस्थाका कारण कतिपय स्थानमा एम्बुलेन्स पुग्न ढिलाइ हुने गरेको उल्लेख गर्दै उनले उक्त समस्याको समाधानका लागि बाइक एम्बुलेन्स सेवा सुरु गरिएको बताइन्। उनले चारपांग्रे एम्बुलेन्स पुग्न नसक्ने चोक तथा साँघुरा गल्लीमा बिरामीलाई तत्काल प्राथमिक सेवा उपलब्ध गराउन बाइक एम्बुलेन्स परिचालन गरिने बताइन्।

उनका अनुसार बाइक एम्बुलेन्सलाई आपत्कालीन अवस्थामा पहिलो प्रतिक्रिया दिने सेवाका रूपमा सञ्चालन गरिनेछ।

महानगरपालिकाले स्वास्थ्य संस्थाको आवश्यकता र उपलब्ध तथ्यांकका आधारमा पूर्वाधार, उपकरण तथा प्रत्यक्ष स्वास्थ्य सेवामा सहयोग र सहकार्य गर्दै आएको उनको भनाइ छ।


प्रकाशित : शुक्रबार, असोज ३० २०८३१५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend