बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह

बिहीबार , असोज २९ २०८३
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री स्वर्णिम वाग्लेले विपद्पश्चातको पुनरुत्थान, जलवायु-उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन  एसियाली विकास बैंकलाई आग्रह गरेका छन्।

थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्ता सो आग्रह गरिएको हो।

त्यस अवसरमा अर्थमन्त्री डा वाग्लेले विपद्पश्चातको पुनरुत्थान, जलवायु-उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

भेटवार्तामा बाढीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएकामा मन्त्री डा वाग्लेले एसियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरेका थिए।

त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफूको उच्च प्राथमिकतामा रहेको बताए। 

छलफलमा भ्रमण दलमा रहेका अर्थसचिव डा घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए। रासस


प्रकाशित : बिहीबार , असोज २९ २०८३१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend