बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोड मौज्दात

बुधबार, असोज २८ २०८३
प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोड मौज्दात

कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रूपैयाँ पुगेको छ।

काठमाडौं- रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रूपैयाँ पुगेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा मैज्दात १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ रूपैयाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको खातामा २ करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर पुगेको छ। रासस


प्रकाशित : बुधबार, असोज २८ २०८३११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend