बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

काट्नुभन्दा अगाडि पशुलाई कम्तीमा १२ घण्टासम्म विश्राम गराउनु पर्ने

शुक्रबार, असोज २३ २०८३
काट्नुभन्दा अगाडि पशुलाई कम्तीमा १२ घण्टासम्म विश्राम गराउनु पर्ने
फाइल तस्बिर

पशु वधशालामा काम गर्ने अन्य प्राविधिकलगायतका जनशक्तिको कामलाई समेत समेट्ने उद्देश्यले संक्षिप्त संशोधनको मस्यौदा तयार गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालय जनाएको छ।

काठमाडौं- सरकारले पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली, २०५७ लाई संशोधन गर्न बनेको नियमावलीको मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेको छ।

पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली, २०५७ लाई संशोधन गर्न बनेको नियमावलीको मस्यौदामा मासु बिक्रेताको इजाजत लिने प्रक्रिया तथा मासु सुपरीवेक्षकले पशु वध गर्ने स्थल तोक्ने प्रक्रियालाई सरलीकृत गर्ने, मासु बिक्री गर्न पसल र पशु वध गर्नेस्थलको मापदण्डमा केही विषयलाई समसामयिक संशोधन गर्नेलगायतका विषयहरू समेटिएका छन्।

पशु वधशालामा काम गर्ने अन्य प्राविधिकलगायतका जनशक्तिको कामलाई समेत समेट्ने उद्देश्यले संक्षिप्त संशोधनको मस्यौदा तयार गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालय जनाएको छ।

नियमावलीको मस्यौदामा मासु पसलबाट अलग्गै रहेको हुने पर्ने विषय जनाएको छ। यसैगरी वध गर्नुभन्दा अगाडि पशुलाई कम्तीमा १२ घण्टासम्म विश्राम गराउन सक्ने छानासहितको टहरा भएको हुने पर्ने विषय नियमावलीमा राखिएको छ। 

साथै नियमावलीमा वध गर्नुअगाडि पशुलाई सफा गर्ने, स्वास्थ्य परीक्षण गर्ने र रोगको शंका लागेका पशुलाई छुट्टै राख्ने व्यवस्था भएको हुनुपर्ने विषय पनि उल्लेख गरिएको छ।

नियमावलीको मस्यौदामा छाला काढ्ने वा भुत्ल्याउने, मासु सफा गरी काट्ने र परीक्षण गरी बिक्री-वितरण गर्ने ठाउँको व्यवस्था गर्नुपर्ने विषयसमेत समावेश गरिएको छ।

यसैगरी नियमावलीको मस्यौदामा स्वच्छ र सफा पानीको पर्याप्त व्यवस्था भएको र बिक्री कक्षमा कोल्डचेनको लागि चिलर वा फ्रिजको व्यवस्था भएको हुनुपर्ने उल्लेख छ।


प्रकाशित : शुक्रबार, असोज २३ २०८३१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend