बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेपालमा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक: एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट

बिहीबार , असोज २२ २०८३
नेपालमा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक: एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट

सामसङले फोन खरिदमा मासिक किस्ताबन्दीको सुविधा पनि ल्याएको छ।

काठमाडौं- सामसङले आफ्नो लोकप्रिय ग्यालेक्सी ए सिरिजको एण्ट्री-लेभललाई विस्तार गर्दै नयाँ 'ग्यालेक्सी ए०८ एलटीई' फोन नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। कम मूल्यमा राम्रो एआई फिचर, भरपर्दो बलियो फोन भएको कम्पनीको दाबी छ।

ग्यालेक्सी ए०८ एलटीईमा ८.० मिमी पातलो बडी र ६.७ इन्चको ठूलो डिस्प्ले रहेको छ। जुन डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन रंगहरूमा उपलब्ध छ। यसमा ६ हजार एमएएच ब्याट्री राखिएको छ। प्रयोगकर्ताहरूले निश्चिन्त भएर कन्टेन्ट स्ट्रिमिङ, सोसल मिडिया ब्राउजिङ र गेमिङको मजा लिन सक्नेछन्।

आईपी६४ रेटेड धुलो र पानी प्रतिरोधी क्षमता भएकाले यो दैनिक जीवनमा हुने धुलो, फोहोर र पानीका छिटाहरूबाट सुरक्षित रहने कम्पनीको भनाइ छ। सामसङले ६ जेनेरेसनसम्म ओएस अपग्रेड र ६ वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध गराउने जनाएको छ।

४जीबी र्‍याम र ६४जीबी स्टोरेज क्षमताको ग्यालेक्सी ए०८ एलटीईको मूल्य ३४ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ। यस्तै, ४जीबी/१२८जीबी र्‍याम/स्टोरेजको ४० हजार ९ सय ९९ रूपैयाँ र ६जीबी/१२८जीबी र्‍याम/स्टोरेज रहेको फोनको ४७ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ।

सामसङले मासिक किस्ताबन्दीको सुविधा पनि ल्याएको छ। ग्राहकहरूले प्रतिमहिना मात्र १ हजार ७२५ रूपैयाँको सजिलो ईएमआईमा नयाँ ग्यालेक्सी ए०८ खरिद गर्न सक्नेछन्। यो झन्झटरहित प्रक्रियाका लागि नागरिकताको प्रमाणपत्र मात्र भए पुग्छ।


प्रकाशित : बिहीबार , असोज २२ २०८३१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend