बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

बिहीबार , असोज २२ २०८३
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

यसबाट दुर्गम हिमाली क्षेत्रका बासिन्दाको सञ्चार पहुँचमा सुधार आउने र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

काठमाडौं- एनसेलले सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार सेवाहरु प्रदान गर्न थालेको छ। यो टावरको सञ्चालन पश्चात मार्माको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाहरुले दूरसञ्चार सेवाको पहुँचबाट प्रत्यक्ष लाभ लिन थालेका छन्।

स्थानीयहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न हुने पर्यटकहरूका लागि पनि यसले सञ्चार सेवा थप भरपर्दो बनाउने कम्पनीले जनाएको छ।

'यो टावरको जडान र सञ्चालनसँगै हामीले फोरजी सेवाको पहुँच अझै बढाउँदै यसको फाइदा त्यहाँका स्थानियका साथै पर्यटकहरुलाई दिन सफल भएका छौँ। यो हामी आम उपभोक्तालाई सुगमदेखि दुर्गमसम्म सेवा प्रदान गर्न सधैं कटिवद्ध रहेको एक स्पष्ट प्रमाण हो,' एनसेलकी हेड अफ नेटवर्क लेना केसरी कंसाकारले भनिन्।

हाल एनसेलले देशभर ४ हजार ५०० भन्दा बढी टावरमार्फत टुजी, थ्रीजी र फोरजी सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले गुणस्तरीय फोरजी सेवा विस्तारलाई प्राथमिकता दिइरहेको अवस्थामा मार्मामा जडान गरिएको यो नयाँ टावरले टुजी र फोरजी प्रविधिमा आधारित दूरसञ्चार सेवा प्रदान गर्नेछ।

यसबाट दुर्गम हिमाली क्षेत्रका बासिन्दाको सञ्चार पहुँचमा सुधार आउने र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रकाशित : बिहीबार , असोज २२ २०८३१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend