बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिद्वारा १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित

बुधबार, असोज २१ २०८३
पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिद्वारा १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित

उपसमितिको कार्यअवधि दुई महिना अर्थात मंसिर २० गतेसम्म रहेको छ। कुनैपनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न पाइने छैन।

काठमाडौं- निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिले १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित गरेको छ। 

बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक कार्यविधि सर्वसम्मतिले पारित गरेको हो।

समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले समय सीमित भएकाले प्राप्त कागजातको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउनु चुनौतिपूर्ण रहेको बताए। उपसमितिको बैठक बुधबार पहिलोपटक बसेको र अब दसैँपछि मात्रै बस्ने उनले जानकारी दिए।

‘उपसमितिको आज पहिलो बैठक बसेको हो। बैठकले १९ बुँदे कार्यविधि र कार्यअवधि सर्वसम्मतिले पारित गरी सबै सदस्यले हस्ताक्षर गरेका छन्। विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गर्ने प्रक्रिया पनि तय गरिएको छ। आगामी बैठक दसैँपछि बस्ने निर्णय भएको छ', उनले भने।

विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गर्ने प्रक्रिया पनि तय गरिएको उनको भनाइ छ। प्राप्त सबै दस्तावेजको गोपनीयता कायम गर्दै सार्वजनिक लेखा समितिको सभाहलमै आवश्यक निगरानीका बीच अध्ययन गरिने उनले बताए। कुनैपनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न नपाइने स्पष्ट पारे।

उपसमितिको कार्यअवधि दुई महिना अर्थात मंसिर २० गतेसम्म रहेको छ। प्राप्त सबै दस्तावेजको गोपनीयता कायम गर्दै सार्वजनिक लेखा समितिको सभाहलमै आवश्यक निगरानीका बीच अध्ययन गरिने उनले जानकारी दिए।

'कुनैपनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न पाइने छैन। अब मुख्य चुनौती कार्यविधि होइन, चाडपर्वका कारण हुने लामो बिदा र सदस्यहरूको जिल्ला भ्रमण हो। समय सीमित भएकाले प्राप्त कागजातको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउनु हाम्रो चुनौती हुनेछ’, उनले भने।


प्रकाशित : बुधबार, असोज २१ २०८३१८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend