बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीप्रभावित घरपरिवारका लागि अस्थायी आवास बनाउन चाहने संघसंस्थाबाट प्रस्ताव आह्वान

बुधबार, असोज २१ २०८३
बाढीप्रभावित घरपरिवारका लागि अस्थायी आवास बनाउन चाहने संघसंस्थाबाट प्रस्ताव आह्वान

यसअघि बाढी प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न सम्झौता भएको भए सोको विवरणसमेत उल्लेख गर्न पनि सूचनामा भनिएको छ।

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संस्थाबाट प्रस्ताव आह्वान गरेको छ।

आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित स्थानीय तहका प्रभावित घरपरिवारका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम निर्माण गर्न इच्छुक साझेदार संघसंस्थालाई यस्तो आह्वान गरिएको हो।

संघसंस्थाले प्रस्तावमा आफूले निर्माण गर्न चाहेको अस्थायी आवासको सङ्ख्या, स्थान र स्थानीय तहको नाम स्पष्ट खुलाउनु पर्नेछ। त्यसैगरी, अस्थायी आवास निर्माण सुरु गर्ने अनुमानित समय र सम्पन्न गर्ने समयसीमासहितको कार्ययोजना पनि समावेश गर्नुपर्नेछ।

यसअघि बाढी प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न सम्झौता भएको भए सोको विवरणसमेत उल्लेख गर्न पनि सूचनामा भनिएको छ।

प्राधिकरणको प्रवक्ता शान्ति महतले इच्छुक साझेदार संघसंस्थाले सहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य गर्नुपर्ने जानकारी दिइन्। उनले भनिन्, 'अस्थायी आवास बनाउन इच्छुक संघसंस्थाले त्यस सम्बन्धी सम्पूर्ण विवरण खुलाइ सात दिनभित्र प्राधिकरणमा प्रस्ताव पेस गर्नुपर्नेछ।' रासस


प्रकाशित : बुधबार, असोज २१ २०८३१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend