काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
बुधबार सुन प्रतितोला ८ सय रूपैयाँले महँगिएको छ भने चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेको छ।
सुनको मूल्य आजका लागि प्रतितोला २ लाख ९२ हजार ३०० रूपैयाँ तोकिएको छ।
चाँदी आज प्रतितोला ४ हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ।