बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

'वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३' मन्त्रिपरिषद्‌बाट स्वीकृत, नर्वेको १० करोड अनुदान स्वीकार

यस्ता छन् मन्त्रिपरिषद्‌ बैठकका अन्य निर्णय

सोमबार, असोज १९ २०८३
'वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३' मन्त्रिपरिषद्‌बाट स्वीकृत, नर्वेको १० करोड अनुदान स्वीकार

सरकारले नेपाल इन्जिनियरिङ सेवा, गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

काठमाडौं- सरकारले 'वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३' स्वीकृत गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसबारे जानकारी गराए।

उनका अनुसार सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रूपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ।

सरकारले नेपाल इन्जिनियरिङ सेवा, गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग भएका बुँदा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने निर्णय पनि भएको उनले जानकारी दिए।

यस्तै, सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए।


प्रकाशित : सोमबार, असोज १९ २०८३१६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend