शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

नयाँ बर्षको अवसरमा इसेवा मनि ट्रान्स्फरले ल्यायो रेमिटोत्सव योजना

images
बिजनेस न्युज
images
images
नयाँ बर्षको अवसरमा इसेवा मनि ट्रान्स्फरले ल्यायो रेमिटोत्सव योजना
images
images

काठमाडौं-विश्वभरका दुईसय बढि मुलुबाट नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्राउँदै आएको इसेवा मनी ट्रान्सफरले नेपालीको नयाँ बर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव “रेमिटोत्सव” सार्बजनिक गरेको छ।

images
images
images

यो योजना बैशाख १ गतेदेखि सुरु भइ साउन ४ गतेसम्म १४ हप्ता सञ्चालन हुनेछ। रेमिटोत्सवमा दैनिक १ जनाले ५,००० तथा योजनाको अन्त्यमा बम्पर उपहार विजेताले ५०,००० को उपहार प्राप्त गर्नु हुनेछ। यस योजना आन्तरिक तथा बाह्य रेमिट्यान्स कारोबार दुवैमा लागु हुनेछ। 

images

जस अन्तर्गत विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा रेमिट्यान्स पठाउने तथा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउने व्यक्ति पनि विजेताको हकदार बन्न सक्नेछन्। यो योजना क्यास, बैंक र वालेट ३ वटै माध्यममा रेमिट्यान्स पठाउनेको लागि लागु हुनेछ। त्यस्तै, विजेता स्वयम् उपस्थित हुन् नसकेको खण्डमा रेमिट्यान्स पठाएको व्यक्ति अथवा मनोनीत व्यक्तिले उपहार दावी गर्न सकिनेछ।

images

दैनिक विजेता हरेक हप्ताको अन्त्यमा इसेवा मनी ट्रान्सफरको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने  इसेवा मनी ट्रान्सफरको फेसबुक, इन्स्टाग्राम पेज र भाइबर कम्युनिटि मार्फत समेत सार्वजनिक गरिनेछ ।

images
images

 

images

प्रकाशित : शुक्रबार, वैशाख २ २०७९०९:०५
प्रतिक्रिया दिनुहोस