बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

जग्गाधनीले खेतबाट बाटो दिएनन्, प्रयोगविहीन बन्यो झोलुंगे पुल

बिहीबार , असोज १५ २०८३
जग्गाधनीले खेतबाट बाटो दिएनन्, प्रयोगविहीन बन्यो झोलुंगे पुल

हुनैनाथ मावि चन्दनपुर, मालिकार्जुन गाउँपालिका-४ को कार्यालय, स्वास्थ्यचौकी आवतजावत गर्ने सेवाग्राहीले बर्खाका समयमा समस्या झेल्दै आएका छन्।

दार्चुला- जिल्लाको मालिकार्जुन गाउँपालिका-४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुंगे पुल प्रयोगविहीन बनेको छ। विसं २०७५ बैशाख २ गते मालिकालिर्जुन गाउँपालिका र उपभोक्ता समितिबीच पुल निर्माण गर्न सहकार्य भएको थियो।

७७ दशमलव ४० मिटर लम्बाइ र १०६ सेन्टिमिटर चौडाइ रहेको झोलुंगे पुलको कुल लागत ३८ लाख ६५ हजार २०८ रूपैयाँ निर्माण भएको थियो। पुलको प्राविधिक सहयोग गर्ने संस्था समाज कल्याण समाजका ओभरसियर हरिश ठगुन्नाका अनुसार पुल बनेको सातवर्ष पूरा भएको छ।

आर्थिक वर्ष २०७६/७७ सालमा निर्माण सम्पन्न गरिएको झोलुंगे पुलको पारवाहन क्षमता समेत नगरी पास गरिएको छ। पुल निर्माण गर्दा खेतमा परेपछि जग्गा धनीले खेतको मुआब्जा लिएको स्थानीयले बताएका छन्। तर त्यसभन्दा तल अर्काको जमिन परेपछि मुलबाटोसम्म पुग्न बाटो नहुँदा पुल प्रयोगविहीन बनेको हो।

'अघिल्लो आवमा पुलसम्म जाने घोरेटोबाटो निर्माणका लागि वडा पालिकाबाट ५० हजार रूपैयाँ बजेट विनियोजन गरेका हौँ, तर जग्गाधनीले खेतबाट बाटो दिएनन्', मालिकार्जुन गाउँपालिका-४ का कार्यवाहक वडाध्यक्ष इन्द्रसिंह धामीले भने।

झोलुंगे पुल निर्माण भए पनि प्रयोगमा नआउँदा त्यस क्षेत्रका स्थानीयले वडा कार्यालय र स्थानीय सरकारलाई पुल सञ्चालनका बारेमा मौखिक र लिखितरुपमा आग्रह गरे पनि समस्या पहिलाको जस्तै रहेको स्थानीयले बताएका छन्।

हुनैनाथ मावि चन्दनपुर, मालिकार्जुन गाउँपालिका-४ को कार्यालय, स्वास्थ्यचौकी आवतजावत गर्ने सेवाग्राहीले बर्खाका समयमा समस्या झेल्दै आएका छन्। रासस


प्रकाशित : बिहीबार , असोज १५ २०८३१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend