बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

पहाडी क्षेत्रमा वर्षा र उच्च हिमाली भागमा हिमपातको सम्भावना

बिहीबार , असोज १५ २०८३
पहाडी क्षेत्रमा वर्षा र उच्च हिमाली भागमा हिमपातको सम्भावना

नेपालमा हाल मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ।

काठमाडौं- नेपालमा हाल मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानकै आसपास अवस्थित छ, जसका कारण मुलुकका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था सिर्जना भएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भेगमा आंशिक बदली हुनेछ। यस क्रममा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै उच्च हिमाली भूभागमा हिमपातको समेत सम्भावना रहेको छ। देशका तराई भूभागमा भने राति पनि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।


प्रकाशित : बिहीबार , असोज १५ २०८३०६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend