शुक्रबार, असोज १२ गते २०८०    

महाराजगञ्जमा खुल्दै पाँच तारे ‘ले मेरिडियन’, ४ अर्ब लगानी हुने

images
महाराजगञ्जमा खुल्दै पाँच तारे ‘ले मेरिडियन’, ४ अर्ब लगानी हुने

गुड कर्मा ग्रुप अफ कम्पनीले महाराजगञ्जमा विलासी अपार्टमेन्टसहितको पाँच तारे होटल ‘ले मेरिडियन’ निर्माण गर्ने भएको छ। ग्रुपले पाँचतारे होटल र अपार्टमेन्टमा करिब ६ अर्ब रुपैयाँ लगानी गर्दैछ। होटलमा मात्रै करिब ४ अर्ब लगानी हुनेछ।

images

काठमाडौं- गुड कर्मा ग्रुप अफ कम्पनीले महाराजगञ्जमा विलासी अपार्टमेन्टसहितको पाँच तारे होटल ‘ले मेरिडियन’ निर्माण गर्ने भएको छ। ग्रुपले पाँचतारे होटल र अपार्टमेन्टमा करिब ६ अर्ब रुपैयाँ लगानी गर्दैछ। होटलमा मात्रै करिब ४ अर्ब लगानी हुनेछ।

images

महाराजगञ्जको काठमाडौं भ्याली पब्लिक स्कुल भएको ११ रोपनी क्षेत्रफलमा होटल र अपार्टमेन्ट बनाउन लागेको ग्रुपका अध्यक्ष कर्मा तेञ्जिङले बताए। त्यहाँ उनका बुवा कालु गुरुङले जग्गा किनेर ३६ वर्षअघि स्कुल सञ्चालन गरेका थिए। त्यो स्कुल बनस्थलीमा स्थानान्तरण गरेर त्यहाँ होटल र अपार्टमेन्ट सञ्चालन गर्ने निर्णयमा पुगेको उनले बताए। 

images

ग्रुपले स्कुल स्थानान्तरणका लागि बनस्थलीमा ६ रोपनी जग्गा खरिद गरेर पूर्वाधार निर्माण सुरु गरिसकेको छ। 

images

महाराजगञ्जमा बनाउने होटल र अपार्टमेन्टको डिजाइन मुम्बईको नायक एन्ड एशोसियटले तयार पारिसकेको छ। छिट्टै अपार्टमेन्ट निर्माण सुरु गर्न लागेको ग्रुपले होटल निर्माण भने एक÷डेढ वर्षपछि सुरु गर्ने भएको छ। अपार्टमेन्ट सन् २०२१ को अन्त्यतिर बुकिङ खुला गर्ने तयारी छ। 

images

कर्मा ग्रुपले पाँचतारे होटल व्यवस्थापनमा अन्तर्राष्ट्रिय होटल चेन मेरियट ग्रुपको बहुचर्चित ‘ले मेरिडियन’ ब्रान्ड भित्र्याउँदै छ। कर्मा ग्रुप र ले मेरिडियनबीच पाँचतारे होटल सञ्चालनका लागि गएको अगष्ट ७ मा सम्झौता भएको थियो। 

‘हामीसँग होटल सञ्चालन गर्ने अनुभव छैन, बहुराष्ट्रिय ब्रान्डसँग अनुभव पनि हुन्छ र अन्तराष्ट्रिय सञ्जाल पनि हुन्छ’ कर्माले भने, ‘हामी प्रोपर्टी मात्र तयार पारिदिन्छौँ, होटल चलाउने जिम्मेवारीले मेरिडियनलाई सुम्पिन्छौँ।’

ले मेरिडियन दुई दशकअघि पनि नेपाल भित्रिएको थियो। गोकर्ण फरेष्ट रिसोर्टको व्यवस्थापनमा भित्रिएकोले मेरिडियन माओवादी द्वन्द्व, पर्यटकको अभाव लगायत विविध कारणले बाहिरिएको थियो। अहिले ले मेरिडियनले विश्वभर १ सय १० वटा पाँचतारे होटल सञ्चालन गरिरहेको छ। 

ले मेरिडियन होटलको भवनमा २ तला बेसमेन्ट र १२ तला अग्लो हुनेछ, जहाँ १ सय ७० कोठा हुनेछन्। आधुनिक पाँच तारे होटलमा हुने सम्पूर्ण सेवा सुविधा मेरिडियन होटलमा उपलब्ध हुने कर्माले बताए। होटलमा क्यासिनो पनि सञ्चालन हुनेछ। होटलमा ठूलो ब्यांक्वेट हल, मिटिङ हल, स्वीमिङ पुल, जीम, साउना, स्पा, रेष्टुरेन्ट तथा बारलगायत आधुनिक सुविधा हुनेछन्। 

मेरिडियन अपार्टमेन्टमा ८२ वटा युनिट हुनेछन्। अपार्टमेन्ट २ बीएचके र ३ बीएचके गरी दुई प्रकारका हुने र मूल्य ३ करोडदेखि ५ करोड रुपैयाँसम्म पर्ने बताइएको छ। अपार्टमेन्टमा पनि होटलमा जस्तै सुविधा उपलब्ध हुनेछन्। जीम, साउना, स्वीमिङ पुल, कम्युनिटी हल, खुला ठाउँलगायत सुविधा अपार्टमेन्टमा बस्नेले उपभोग गर्न पाउने छन् ।

कर्मा ग्रुपले सन् २०२६ को अन्त्यसम्म होटल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेको छ। त्यो बेलासम्म कोभिड महामारी हराएर विश्वभरका पर्यटक घुमफिरमा निस्किएर पर्यटन रिभाइभ भइसकेको हुने उनको आश छ। 

कर्माले कोभिड महामारी सुरु नहुँदै होटल सञ्चालन गर्ने योजना बनाएका थिए। तर, योजनाले मूर्त रुप नलिँदै कोभिड महामारी सुरु भएपछि परियोजना निर्माणमा ढिलाइ हुन पुगेको कर्माले बताए। 

हिमाल आरोहणमा सौख राख्ने कर्माले सगरमाथा र मनास्लु हिमाल चढ्ने क्रममा बेसक्याम्पमा खर्चालु पर्यटकको खचाखच भिड देखेपछि पाँचतारे होटल खोल्ने निर्णयमा पुगेका हुन्। उनले सगरमाथा, मनासलु, अफ्रिकाको किलोमञ्जरो लगायत हिमाल चढिसकेका छन्। 

कर्माको पर्वतारोहण कम्पनी ‘इन टु द हिमालयन ट्रेक्स एन्ड एक्सपिडिसन’ सञ्चालनमा छ जसले हिमाल चढ्ने आरोहीलाई सहजीकरणको काम गर्छ। उनले नक्साल नागपोखरीमा मःम कर्मा सञ्चालन गरिरहेका छन्। 

अमेरिकाबाट फर्किएर नेपालमा भविष्य खोज्दै कर्मा  

कर्माको पुख्र्यौली घर मनाङ हो। उनका हजुरबुवा र बुवा १९६० को दशकमा काठमाडौंको ठमेलमा बसाइ सरेका हुन्। उनी ठमेलमै जन्मिए, त्यहीँ हुर्किए। त्यसताका ठमेलमा भर्खर होटल खुल्न थालेका थिए। त्यतिबेलै कर्माका बुवा तेञ्जिङ गुरुङले नावल भ्यू गेष्ट हाउस सञ्चालनमा ल्याएका थिए। पछि महाराजगञ्जमा काठमाडौं भ्याली पब्लिक स्कुल सञ्चालनमा ल्याए जुन ठाउँमा अहिले ‘ले मेरिडियन’ होटल सञ्चालनको तयारी भइरहेको छ।

‘हाम्रो परिवार ३७ वर्षदेखि होटल लाइनमा छ’ कर्माले भने, ‘त्यसैले पनि मलाई हस्पिटालिटी बिजनेसमै केही गर्न मन लागेको हो।’ अपार्टमेन्ट र होटल परियोजनामा कर्माकी दिदी सोनाम गुरुङ र भाइ मुखिया गुरुङको पनि लगानी हुनेछ। अहिले दिदी सोनाम स्कुलको डाइरेक्टर हुन् भने मुखिया मनाङ मस्र्याङ्दी क्लबमा अध्यक्ष हुन्। उनी भन्छन्, ‘यो हाम्रो फेमिली प्रोजेक्ट हो।’ 

ठमेलमा जन्मिएका कर्माले दार्जिलिङको सेन्ट पौल र बिसप कटन स्कुलमा पढे। उच्च शिक्षा अध्ययन गर्न २३ वर्षअघि सन् १९९८ मा अमेरिका गए। अमेरिकाको न्युयोर्क युनिभर्सिटीमा अर्थशास्त्रमा ग्राजुएसन गरेपछि उनी फोर्डह्याम युनिभर्सिटीबाट अर्थशास्त्रमै विद्यावारिधि पूरा गरे। 

उनी अमेरिकामा रहँदा न्यूयोर्ककै इन्भेष्टमेन्ट क्यापिटल वालस्ट्रिटका ठूल्ठूला बैंक तथा कम्पनीमा काम गरेका थिए। लिमन ब्रदर्स, मोर्गना स्टयान्ले लगायत कम्पनीमा काम गरे। सन् २०१३ तिर मेट्रोपोलिटियन कलेज अफ न्युयोर्कमा ४ वर्षसम्म बीबीए र एमबीएका विद्यार्थीलाई अर्थशास्त्र विषय पढाए। उनी अमेरिकाको आकर्षक जागिर छाडेर सन् २०१६ मा नेपाल फर्किएका हुन्। 

नेपालमा फर्किएर केही समय बुवाले खोलेको स्कुलमा पढाए। त्यसपछि नागपोखरीमा मःम कर्मा रेष्टुराँ सुरु गरे जुन अहिले लोकप्रिय बन्दैछ। कर्माले विभिन्न ठाउँहरुमा मःमको आउटलेट खोल्ने सोच पनि बनाइसकेका छन्। 

 

images

प्रकाशित : मंगलबार, असोज ५ २०७८११:०८

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ