बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

मनकामना केबलकारको सेवा नियमित, सवारीसाधनका लागि वैकल्पिक पार्किङ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ११ २०८३
मनकामना केबलकारको सेवा नियमित, सवारीसाधनका लागि वैकल्पिक पार्किङ

मौसम अनुकूल हुनासाथ पहिरोले क्षति पुर्‍याएको सडक मर्मतको काम तीव्र बनाइने व्यवस्थापनले जनाएको छ।

काठमाडौं- मनकामना केबलकारको पहुँच मार्गको दोस्रो घुम्तीमुनि पहिरो गएपछि सवारी साधनहरू साविकको पार्किङ स्थलसम्म पुग्न नपाउने भएका छन्।

केबलकार व्यवस्थापनका अनुसार पूर्वतर्फबाट आउने सवारीलाई राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि पार्किङको व्यवस्था गरिएको छ। त्यहाँबाट यात्रुले पैदलमार्ग प्रयोग गरी केबलकारको पहुँचस्थल पुग्नुपर्नेछ।

मौसम अनुकूल हुनासाथ पहिरोले क्षति पुर्‍याएको सडक मर्मतको काम तीव्र बनाइने व्यवस्थापनले जनाएको छ।

केबलकार सेवा भने नियमित र सुरक्षित रूपमा सञ्चालन भइरहेको व्यवस्थापनले जानकारी दिएको छ। राजमार्ग खुलेपछि तथा यात्रुहरू आउन थालेसँगै सेवा निरन्तर सञ्चालनमा रहने व्यवस्थापनको भनाइ छ।

 


प्रकाशित : आइतबार, असोज ११ २०८३१४:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend