बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ब्लु कलर सार्वजनिक

बिहीबार , असोज ८ २०८३
भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ब्लु कलर सार्वजनिक

असोज १० गतेसम्म सञ्चालन हुने मेलामा अवलोकनकर्ताहरूले कुनैपनि ब्रान्डको पुरानो दुईपांग्रे सवारी साटेर नयाँ यामाहा लिन सक्नेछन्।

काठमाडौं- भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ब्लु कलर सार्वजनिक गरिएको छ।

यसको सुरुवाती मूल्य ५ लाख ३४ हजार ९ सय रूपैयाँ रहेको छ। यस मोटरसाइकलले आकर्षक नियो-रेट्रो लुक्स, आफ्नै छुट्टै पहिचान र आधुनिक पर्फर्मेन्सलाई एकसाथ समेटेको कम्पनीको भनाइ छ।

एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले हालै सम्पन्न नाडा अटो शोमा ६ दिनमै ४२८ युनिट बुकिङ भएको उल्लेख गर्दै यसको माग बढ्दै गएको बताए। थप कलर विकल्पहरूको माग पनि निरन्तर आइरहेको उनको भनाइ छ। 

'ग्राहकहरूको यही माग पूरा गर्न र यो मोटरसाइकललाई अझ धेरै राइडरहरूको पहुँचमा पुर्‍याउन हामीले नयाँ ब्लु कलर उपलब्ध गराएका छौँ। आगामी दिनमा नेपालमा थप कलर विकल्पहरू ल्याउन पनि हामी उत्सुक छौँ', उनले भने।

नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिद्वारा आयोजित 'यामाहा ब्लु फेस्ट : नेपालकै सबैभन्दा ठूलो एक्सचेन्ज मेला' भृकुटीमण्डपमा असोज ५ गतेदेखि जारी छ। असोज १० गतेसम्म सञ्चालन हुने मेलामा अवलोकनकर्ताहरूले कुनैपनि ब्रान्डको पुरानो दुईपांग्रे सवारी साटेर नयाँ यामाहा लिन सक्नेछन् र विशेष चाडपर्व एक्सचेन्ज अफरहरूको फाइदा उठाउन सक्नेछन्।


प्रकाशित : बिहीबार , असोज ८ २०८३१३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend