बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

दुई कम्पनीको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति कायम भयो?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ८ २०८३
दुई कम्पनीको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति कायम भयो?

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि सम्बन्धित कम्पनीले बुक क्लोज गरेपछि नेप्सेले बोनस सेयरलाई समायोजन गर्दै नयाँ सेयरमूल्य निर्धारण गरेको हो।

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले असोज ८ गते बिहीबार दुई कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको सेयरमूल्य समायोजन गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि सम्बन्धित कम्पनीले बुक क्लोज गरेपछि नेप्सेले बोनस सेयरलाई समायोजन गर्दै नयाँ सेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत र स्नो रिभर्सको १० प्रतिशत बोनस सेयरका आधारमा सेयरमूल्य समायोजन गरेको हो। समायोजनपछि सांग्रिला डेभलपमेन्ट बैंकको सेयरमूल्य ४११ रुपैयाँ ५४ पैसा कायम भएको छ भने स्नो रिभर्सको सेयरमूल्य ८५९ रुपैयाँ ९ पैसा कायम भएको छ।

यसअघि असोज ७ गते बुधबारको कारोबारमा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता ४२८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सोही दिन स्नो रिभर्सको सेयरमूल्य प्रतिकित्ता ९४५ रुपैयाँमा कारोबार बन्द भएको थियो।

अघिल्लो कारोबार दिनको अन्तिम मूल्य र सम्बन्धित कम्पनीले घोषणा गरेको बोनस सेयरलाई आधार बनाएर नेप्सेले समायोजित मूल्य निर्धारण गरेको हो।

अब दोस्रो बजारमा यी दुवै कम्पनीको कारोबार समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ।


प्रकाशित : बिहीबार , असोज ८ २०८३१०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend