बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार बिहान राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै

१८ देशका प्रमुखपछि १७औँ पालो, नेपाली समयअनुसार बिहान सम्बोधन हुने

बिहीबार , असोज ८ २०८३
प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार बिहान राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई नेपाली समयअनुसार शुक्रबार बिहान सम्बोधन गर्ने भएका छन्। न्युयोर्कमा बिहीबार सञ्चालन हुने महासभाको दिवासत्रमा प्रधानमन्त्री शाहले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्न लागेका हुन्।

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई नेपाली समयअनुसार शुक्रबार बिहान सम्बोधन गर्ने भएका छन्। न्युयोर्कमा बिहीबार सञ्चालन हुने महासभाको दिवासत्रमा प्रधानमन्त्री शाहले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्न लागेका हुन्।

महासभाको बिहीबारको दिवासत्रमा १८ वटा देशका राष्ट्र तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यसूची रहेको छ। सोही कार्यसूचीअनुसार प्रधानमन्त्री शाहको १७औँ पालो रहेको छ।

न्युयोर्कमा बिहीबार दिउँसोदेखि सुरु हुने महासभाको उक्त सत्र नेपालमा शुक्रबार बिहान पर्छ। कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ४ देखि ५ बजेको आसपास महासभालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। अघिल्ला वक्ताले सम्बोधनमा लिने समयअनुसार उनको पालो केही तलमाथि हुन सक्नेछ।

महासभाको कार्यतालिकामा प्रत्येक वक्ताका लागि १५ मिनेटको समय छुट्टाइएको छ। यद्यपि राष्ट्र तथा सरकार प्रमुखले १५ मिनेटमै सम्बोधन सक्नुपर्ने अनिवार्य व्यवस्था छैन। त्यसैले प्रधानमन्त्री शाहको वास्तविक सम्बोधन समय अघिल्ला वक्ताहरूको सम्बोधन अवधिमा निर्भर हुनेछ।

प्रधानमन्त्री शाहले महासभामा नेपालले भोगिरहेको जलवायु परिवर्तनको असरलाई प्रमुख रूपमा उठाउने तयारी गरेका छन्। विशेषगरी पछिल्लो समय नेपालमा देखिएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्ले पुर्‍याएको जनधनको क्षतिलाई जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमसँग जोडेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी सरकारको छ।

रसुवामा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई समेत प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु जोखिमको उदाहरणका रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। नेपालले जलवायु परिवर्तनबाट बढी प्रभावित तथा जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिका लागि अन्तर्राष्ट्रिय सहयोग र क्षतिपूर्तिको विषयसमेत उठाउने तयारी गरेको छ।

प्रधानमन्त्री शाहको नेतृत्वमा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुँदैछ। प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघ महाशाखाका प्रमुख कृष्णप्रसाद ढकाललगायत सहभागी छन्।

प्रधानमन्त्री शाह सेप्टेम्बर २३ मा न्युयोर्क पुगेका हुन्। महासभालाई सम्बोधन गरेपछि उनी सेप्टेम्बर २५ मा नेपाल फर्किने कार्यक्रम रहेको छ।


प्रकाशित : बिहीबार , असोज ८ २०८३०७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend